विश्व वातावरण दिवसमा आइजीआई पुरडेन्सियल इन्स्योरेन्सले गर्याे वृक्षरोपण

काठमाडौं। आइजीआई पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीले विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण तथा साइकल र्याली गरेको छ। कम्पनीले बुधबार कम्पनीको केन्द्रीय कार्यालय नारायणचौरबाट सुरु गरी नारायणचौर, नक्शाल भवगती वहाल, चारखाल, पुतलीसडक, प्रदर्शनीमार्ग भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, रत्नपार्कबाट दरवारमार्ग हुंदै पुनः नारायणचौरसम्म साइकल र्यालि गरेको हो।

Advertisement 1

वातावरणलाई स्वच्छ राखौं, हाम्रो धर्ती हाम्रो जीवन, नेपाल आमाको जयहोस, जीवनभर वातावरणमैत्री कार्यमा हात बढाऔं, प्रकृति प्रेमीलाई जीवनभर दुःख हुंदैन, सफा आकाश र सफा हृदय मानिसको पहिचान हो’जस्ता नारासहित विश्व वातावरण दिवस मनाइएको कम्पनीले जानकारी दिएको छ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलगायत कर्मचारीहरुको उपस्थिति िथियो। वातावरण दिवसको अवसरमा निर्जीवन बीमाको तर्फबाट आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडका कर्मचारीहरुले नारायणचौरमा नेपालको झण्डा र कम्पनीको लोगो पनि सार्वजनिक गरेका थिए।

Advertisement 2

कार्यक्रम समापनको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले वातावरण जोगाऊ, साईकलको प्रयोग गरौं, स्वस्थ्य भएर जीवन जीऔं’ भन्ने भावका साथ लाईन्स क्लब अफ काठमाण्डौं पिस आइडियलका प्रतिनिधिहरुलाई विभिन्न जातका बिरुवाहरु हस्तान्तरण गरे।

प्रकाशित :२०८१ जेष्ठ २३, बुधबार १५:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry