यी हुन वैशाख १ मा विभुषित हुने कर्मचारीहरु (नामावलीसहित)

आगामी वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई विभूषित गर्ने भएकी छिन्। जसमध्ये सुप्रशिद्ध प्रवल जनसेवाश्रीबाट चिकित्सक डा सुन्दुक रुइतलाई विभुषित गरिँदैछ । यस्तै,सर्वाेच्चका न्यायधीश दीपकुमार कार्की,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त नवीन कुमार घिमिरे,प्रधानसेनापति पूर्णचन्द्र थापा,सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल प्रशिद्ध प्रवल जनसेवाश्रीबाट विभुषित हुँदैछन् ।
यस्तै,सुकीर्तिमय राष्ट्रद्धीप द्धीतियबाट अख्तियारका पूर्व आयुक्त गणेशराज जोशी,वनस्पति विज्ञ डा तिर्थबहादुर श्रेष्ठसहित हालै अवकाश पाएका सचिव केदारबहादुर अधिकारी,राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारी लगायतले पाउँदैछन् ।
राजपत्रमा प्रकाशित सूचना अनुसार, मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा एक, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीमा तीन, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा सात, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ८६, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा आठ, प्रबल जनसेवा श्री चतुर्थ श्रेणीमा २४२, जनसेवाश्री पञ्चम श्रेणीमा १०४ तथा अलङ्कारतर्फ ११४, पदकतर्फ २७ गरी जम्मा ५९३ जनालाई विभूषण प्रदान गर्नका लागि सिफारिस भएको थियो। यस्तै विभिन्न मुलुकले तीन जना नेपाली राष्ट्रसेवक तथा नागरिकलाई विभिन्न प्रकारका विभूषण प्रदान गर्न स्वीकृतिका लागि सिफारिस भएको थियो । नेपाल सरकार मन्त्रिपरिषदको गत असोज १ गतेको निर्णयानुसार विसं २०७७ असोज ३ गते संंविधान दिवसका अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकामा घोषित विभूषणमध्ये मानपदवी प्राप्त ४५२ जनालाई आगामी वैशाख १ गते विभूषित गरिने समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Advertisement 1

विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिमा गृहमन्त्री रामबहादुर थापा, प्राडा मीना वैद्य, प्राडा इन्द्रजीत राई, हरिहर शर्मा, काशेन्द्रप्रसाद यादव र उपरथि विनोदकुमार श्रेष्ठ सदस्य तथा सदस्यसचिवमा गृहसचिव महेश्वर न्यौपाने रहेका छन्।
सचिवहरु मधुसुदन अधिकारी,महेन्द्र गुरागाई,सञ्जय शर्मा,तीर्थराज ढकाल,सूर्य गौतम,देवकुमारी हुमागाई लगायत राजदुत दुर्गाबहादुर क्षेत्री,लोकबहादुर थापा विभुषित हुँदैछन् ।
यस्तै सहसचिवहरु कृष्णप्रसाद ज्ञवाली,धनिराम शर्मा,निर्मला अधिकारी भट्टराई,सनतकुमार दुवाडी,हरिप्रसाद दाहाल,पुष्कर सापकोटा, प्रवीणराज अर्याल,मुरारी महत,सरोजकुमार प्रधान,जनकराज जोशी,जितेन्द्र बस्नेत,रमेशकुमार केसी,राजन पोखेरेल,किशोरकुमार चौधरी,दलबहादु अधिकारी,मुकुन्द निरौला,राजेश्वर ज्ञवाली,प्राडा विधान निधि पौड्याल,डा अनुप वास्तोला,गुणराज अवस्थि,प्रडा रजनी हाडा,पूर्व सहसचिव कुमार खड्का,रामआधार यादव लगायत विभुषित हुनेछन् ।
यस्तै,विष्णु पौडेल,भरतकुमार शर्मा,चन्द्र प्रसाद गैरे,कृष्णप्रसाद शर्मा,विश्वराज न्यौपाने,कृष्ण पौडेल,गोकुल बस्नेत,अनिता कोइराला,उर्मिला केसी,लक्ष्मीकुमार खड्का,जयराम श्रेष्ठ,सन्तोष दाहाल,बाबुराम पाण्डे,बासुदेव घिमिरे,शिवराज जोशी,भूपेन्द्र सापकोटा,निर्मल न्यौपाने,लिलाकमारी केसी,ईश्वरीप्रसाद ढकाल,परमानन्द घिमिरे,पार्वती शर्मा, भेषप्रसाद भुर्तेल,अंजु ढुंगना,डा बाबुराम ढुंगना,ललितकुमार बस्नेत,देवी पाण्डे,गञ्ज बहादुर एम सी,जोरासिंह माझी,धु्रव बहादुर खड्का,कल्पना घिमिरे नेपाल,ठूलोबाबु दाहाल,झंकरबहादुर विष्ट,चक्रपाणी शर्मा,श्रवण कुमार पोखरेल,श्रीधर केसी,चमिला भट्टराई,अनिता पौडे्ल,लिलाप्रसाद ढकाल,अंग लाल रोकाय,ईश्वरी प्रसाद भण्डारी,जगदीश लामिछाने,भिलानन्द यादव लगायतका उपसचिव वा सो सरहका कर्मचारीहरुलाई प्रवल जनसेवा श्री चर्तुथबाट विभुषित हुनेछन् ।
यस्तै,कृष्णपसाद आचार्य,टीका भण्डारी,मनिता थापा,मोहनप्रसाद सुवेदी,बालकुमार सिंह,नमराज ढकाल,विजयकुमार ठाकुर,विरेन्द्रकुमार चौधरी,दुर्गादत्त चापागाई,चेतनिधि वाग्ले,बसन्त आचार्य,कुलबहादुर मगर,विनोद राज गौतम,रामबहादुर सार्की,दीपक पौडेल,लोकमान श्रेष्ठ,विमल पौडेल,राधा कुमारी श्रेष्ठ,डा दायाराम श्रेष्ठ,गोपी विश्वकर्मा,रन्जना राई,सम्झना सिंखडा,रोशन राई,कुलबहादुर थापा,लक्ष्मी खत्री,सुशीला श्रेष्ठ,विनोद कुमार श्रेष्ठ,सफल पोर्तेल,गणेशप्रसाद तिम्सिना,यज्ञराज जोशी,धिरेन्द्रराज पन्त,शिवराज जोशी,दीपकप्रसाद न्यौपाने,राजु श्रेष्ठ लगायतका अधिकृत पनि विभुषित हुनेको सूचीमा छन् ।
यस्तै,नासु तहका केशव दत्त भट्ट,गंगाराम साह,गौमाता पुन,जंगवीर सुनार,तिलक न्यौपाने,पुरुषोतम दाहाल,रामकृष्ण श्रेष्ठ,रामेश्वर निरौला,रोशन अधिकारी,विष्णुप्रसाद रिमाल,शिवलाल शर्मा,गणेशप्रसाद आचार्य,गोविन्दप्रसाद शर्मा लगायतका कर्मचारी छन् ।
खरिददार तहका लिलाकान्त विश्वकर्मा,तेजबहादुर खड्का,जीवन थापा मगर लगायत विभुषित हुनेछन् ।

सूची हेर्न तल क्लिक गर्नुहोस :-

Advertisement 2

Bibhusan_2077

प्रकाशित :२०७७ चैत्र २९, आईतवार १३:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry