न्याय सेवाका तीन सहसचिव सचिवमा बढुवा, उच्च अदालतको न्यायाधीशमा एक जनाको नियुक्ति तथा पदस्थापन
काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले सहसचिव सरहका एक सरकारी वकिल र दुई जना न्याय प्रशासनका कर्मचारीलाई सचिवमा बढुवा गरेको हो ।
Advertisement 1
कामु नायव महान्यायाधिवक्ता खेमराज ज्ञवाली महान्यायाधिवक्ता कार्यालयको सचिव सरहको पद नायव महान्यायाधिवक्ता बढुवा भएका हुन् । उनी सरकारी वकिल समूहका हुन् । आयोगले सर्वोच्च अदालतका सह–रजिष्ट्रार यमबहादुर बुढामगरलाई न्याय परिषद्को सचिवमा बढुवा गरेको छ भने न्यायपरिषदका कामु सचिव भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिष्ट्रारमा बढुवा गरेको हो ।
Advertisement 2
आयोगको बैठकले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव गंगाबहादुर खरेलको नेपाल कानून आयोगमा सरुवा गरेको छ । यस्तै नेपाल न्याय सेवा, कानून समूहमा खुलातर्फ सहसचिवमा लिलाधर सुवेदी नियुक्त हुदैँ सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकमा प्रदेश सचिवमा पदस्थापन भएका छन् ।
यस्तै नेपाल न्याय सेवा, न्याय समूहतर्फ जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा १४ जना नायब शुब्बा शाखा अधिकृत तहमा बढुवा भएसँगै विभिन्न निकायमा पदस्थापन भएका छन् भने नेपाल न्याय सेवा, सरकारी वकील समूहतर्फका चार जना नायब शूब्बा शाखा अधिकृतमा बढुवा हुदैँ विभिन्न निकायमा पदस्थापन भएका छन् ।
Advertisement 3
यस्तै शुक्रबार नै बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका कामु रजिष्ट्रार हरिराज कार्कीलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्दै उच्च अदालत जनकपुर अन्तरगतको अस्थायी इजलाश वीरगञ्जमा पदस्थापन गरेको छ ।