नेपाल टेलिकमले दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने २० अर्ब बुझायो

काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने २० अर्ब रकम बुझाएको छ । जीएसएम मोबाइल सेवाको अनुमतिपत्र बापत बुझाउनुपर्ने तेस्रो नवीकरणबापत उक्त रकम बुझाएको हो ।
Advertisement 1
दूरसञ्चार ऐन, २०५३ को दफा २४ बमोजिम २० अर्बमध्ये यस अघि बुझाइसकेको रकम १८ करोड ९० लाख रुपैयाँ घटाइ बाँकी रकम भुक्तानी गरिएको टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले २५ वर्ष अगाडि २०५६ सालमा जीएसएम मोबाइल सेवाको अनुमतिपत्र लिँदा दूरसञ्चार ऐन, २०५३ को दफा २४ बमोजिम बढाबढबाट कायम भएको अनुमतिपत्र दस्तुर, नवीकरण दस्तुर तथा रोयल्टी रकम तिर्ने बुझाउने सर्त मन्जुर गरेको थियो । त्यसै सर्तबमोजिम उसले नवीकरण बापत एक मूष्ठ २० अर्ब बुझाउन बाँकी थियो ।
									
										प्रकाशित  :२०८१ बैशाख २५, मंगलवार २३:०३																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                