यस्तो बन्यो उद्योग वाणिज्य महासंघमा शेखर गोल्छाको नयाँ टिम

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकालको लागि अधिकांश कार्यकारिणी सदस्यको टुंगो लागेको छ । नयाँ कार्यसमितिको लागि भएको निर्वाचनमा सबै मतपरिणामहरु सार्वजनिक भएसँगै मनोनित हुने पदबाहेक सबै सदस्यहरुको टुंगो लागेको हो । 

Advertisement 1

अबको कार्यकालका लागि अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बनेका छन् भने निवर्तमान अध्यक्ष भवानी राणा स्वतः अध्यक्षभन्दा दोस्रो वरियताको सदस्य बनेकी छिन् । 

तेस्रो वरियतामा रहने विशिष्ठ सदस्यको मनोनयन भने हुन बाँकी छ । त्यस्तै, हालै निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल महासंघको चौथो वरियतामा रहनेछन् । वरिष्ठ उपाध्यक्षपछि विषयगत समूहका उपाध्यक्षहरु रहनेछन् । 

Advertisement 2

पदाधिकारीमध्ये उपाध्यक्षहरुभन्दा तल्लो वरियतामा हुनेगरी एकजना कोषाध्यक्षको चयन कार्यकारिणी सदस्य मध्येबाट हुनेछ । त्यसबाहेक जिल्ला तथा नगर समूहबाट १८ जना, वस्तुगत समूहबाट १४ जना, समूहबाट १२ जना, प्रदेशबाट ७ जना, द्विराष्ट्रिय समूहबाट १ जना, संस्थापक सदस्य मध्येबाट १ जना समेत गरी कुल ६० जना सदस्यहरु निर्वाचित भएका छन् । 

थप ५ जना सदस्य भने अध्यक्षको प्रस्तावमा कार्यकारिणी समितिबाट निर्वाचित हुने प्रावधान छ । 

Advertisement 3

यस्तो छ महासंघको नयाँ टीम 

अध्यक्ष : शेखर गोल्छा
निवर्तमान अध्यक्ष : भवानी राणा
विशिष्ट सदस्य : मनोनित हुन बाँकी
वरिष्ठ उपाध्यक्ष : चन्द्रप्रसाद ढकाल
उपाध्यक्ष (एशोसिएट्स) : रामचन्द्र सांघाई
उपाध्यक्ष (वस्तुगत) : अञ्जन श्रेष्ठ
उपाध्यक्ष (जिल्ला नगर) : दिनेश श्रेष्ठ
कोषाध्यक्ष : नयाँ कार्यकारिणी समितिबाट निर्वाचित हुने
५ जना कार्यकारिणी सदस्य : मनोनित हुन बाँकी

एशोसिएट्स समूहका सदस्यहरु (१९)

अम्बिकाप्रसाद पौडेल, अबिनास बोहरा, आनन्द बगरिया र कृष्णलाल महर्जन, गोपाल खनाल, ज्योत्स्ना श्रेष्ठ, देशबन्धु बस्नेत, प्रवलजंग पाण्डे, भरतराज आचार्य, रन्जित आचार्य, राजेशकुमार अग्रवाल, विजयसिंह वैद्य,  शक्तिकुमार बेगानी, साहिल अग्रवाल, शैलेन्द्र गुरागाई, सुशील थापा, हेमन्त गोल्छा, मंगेशलाल श्रेष्ठ र विराट थापा

वस्तुगत समूहका सदस्यहरु (१४)

सुमित केडिया, नरेशलाल श्रेष्ठ, मीनमान श्रेष्ठ, अरनिको राजभण्डारी, भक्त हमाल, मनिषलाल प्रधान, प्रकाशमान सिंह कार्की, सकुन्तला हिराचन, हेमराज ढकाल, विष्णु गैरे, सन्दीप कुमार अग्रवाल, सुवोधकुमार गुप्ता, गोविन्द ढुंगेल, आकाश अधिकारी

जिल्ला नगर सदस्यहरु (१८)

राजन श्रेष्ठ, तारानाथ घिमिरे, शोभाकान्त पौडेल, कमल कुमार श्रेष्ठ, गजेन्द्र कुमार भगत, चक्रबहादुर अधिकारी, अरुणराज सुमार्गी, देव कुमार श्रेष्ठ, रामेश्वर मानन्धर, कमान बहादुर खड्का, सुरकृष्ण वैद्य, कुविर कुमार श्रेष्ठ, डिबी बस्नेत, गोपाल केडिया, महेन्द्र कुमार श्रेष्ठ, उमेश डामिया, किशोर कुमार आचार्य, अमृत भट्टचन

प्रदेश समूहका सदस्यहरु
प्रदेश १ : राजेन्द्र राउत
प्रदेश २ : विजयकुमार साह
बागमती प्रदेश : सहनलाल प्रधान
गण्डकी प्रदेश : बाबुराम गिरी
लुम्बिनी प्रदेश :  जमसेद मियाँ
कर्णाली प्रदेश : लालिमान बुढा
सुदूरपश्चिम प्रदेश : पुष्पराज कुमार

द्विराष्ट्रिय समूह 
सन्दिप अग्रवाल

संस्थापक समूह 
दामु अधिकारी

प्रकाशित :२०७७ मंसिर १४, आईतवार १४:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry