ज्योति विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं। ज्योति विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। चैत ४ गतेदेखि १० गतेसम्म मनाइएको ‘ग्लोबल मनी वीक २०२५’को अवसरमा बैंकले विभिन्न ठाउँमा साक्षरता कार्यक्रम सम्पन्न गरेको हो। ‘थिंक बिफोर यु फ्लो, वाइज मनी टुमरो’ नारासहित यस वर्षको ग्लोबल मनी वीक मनाइएको थियो। सोहीअनुसार विभिन्न कार्यक्रम गरिएको बैंकले जानकारी दिएको छ।
Advertisement 1
सप्ताहव्यापी रुपमा बैंकले विभिन्न शाखामार्फत देशका विभिन्न ठाउँहरुमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरु आयोजना गरेको हो। बैंकले डिजिटल माध्यम र सोसल मिडियामार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरु सञ्चालन गरेको छ। यस अभियानमार्फत करिब १ हजार जनाभन्दा बढी व्यक्तिहरु प्रत्यक्षरुपमा लाभान्वित भएका बैंकको दाबी छ।
Advertisement 2
सो कार्यक्रमअन्तर्गत बैंकका प्रादेशिक तथा क्लस्टर कार्यालयहरु अन्तर्गत रहेका विभिन्न शाखा कार्यालयहरुमार्फत साक्षरता कार्यक्रम गरिएको बैंकले जानकारी दिएको छ। विद्यालय तथा कलेजहरुमा आधुनिक बैंकिङ, बैंक तथा वित्तीय संस्थाका मुख्य कार्यहरु, वित्तीय अनुशासन, आवश्यकता तथा चाहनाहरु, वित्तीय लक्ष्य, बचत, लगानी, खर्च, विद्युतीय वित्तीय सेवाहरू, नगदरहीत कारोबार, धितोपत्र बजार, विद्युतीय ठगी, ओटीपीलगायत बारेमा जानकारी गराइएको बैंकको भनाइ छ।