करारका कर्मचारीलाई खुसीको खबर :- सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने प्रक्रिया सुरु

देशैभरका करार सेवामा कार्यरत कर्मचारीका लागि खुसीको खबर छ । अब छिट्टै यो सेवाका कार्यरत कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदैछन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय २० वटै मन्त्रालयलाई पत्राचार गर्दै करार सेवामा कार्यरत कर्मचारीहरूको विवरण उपलव्ध गराइदिन पत्राचार गरेको छ ।
Advertisement 1
यस अघि देशैभरका स्थानीय तहमा कार्यरत अस्थायी, ज्यालादारी एवं करारमा कार्यरत कर्मचारीहरुको विवरण संकलन गर्ने काम भइसकेको छ । यी सेवामा कार्यरत कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने उदेश्य अनुरुप कर्मचारीको विवरण जुटाउने काम भइरहेको हो ।
Advertisement 2
सरकारी निकायमा करारमा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि गठित कार्यदलको चैत तीन गतेको बैठकले विवरण मागेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २० वटा मन्त्रालयबाट विवरण संकलनको काम सुरु गरेको हो ।
ति मन्त्रालय मातहतका निकाय, कार्यालय र आयोजनामा रहेका स्वीकृत अस्थायी दरबन्दीमा रहेका कर्मचारीको विवरण नियुक्ति मिति र आयोजनाको अवधी समेत पठाइदिनका लागि परिपत्र गरिएको मन्त्रालय सहसचिव बिनोद प्रकाश सिंहले जनाए ।
Advertisement 3
सरकारले आर्थिक वर्ष २०७७/०७८ मा प्रस्तुत गरेको बजेट वक्तव्यको बुँदा नम्बर दुइ सय ८६ मा सार्वजनिक निकाय अन्तरगतका विभिन्न कार्यालयमा अस्थायी, ज्यालादारी एवं करारमा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने भनिएको छ ।