६५ अधिकृतस्तरका कर्मचारीहरूका लागि सवोकालीन तालिमको शुभारम्भ
बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको प्रदेश सुशासन केन्द्र, जावलाखेल, ललितपुरले प्रदेश र स्थानीय तहमा कार्यरत ६५ जना अधिकृतस्तरका कर्मचारीहरूका लागि ३५ कार्यदिनको सेवाकालीन तालिमको शुभारम्भ गरेको छ ।
Advertisement 1
बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौडा परिसरमा रहेको केन्द्रको तालिम हलमा बागमती प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत छैठौं तहका प्राविधिक तथा अप्राविधिक अधिकृतहरूका लागि संचालित सार्वजनीक प्रशासन र विकास व्यवस्थापन विषयक सेवाकालीन तालिमको बागमती प्रदेश सरकारका प्रमुख सचिव श्री घनश्याम उपाध्यायले गर्नुभएको हो ।
साथै, बागमती प्रदेशमा पर्ने स्थानीय तहमा कार्यरत सातौं र आठौं तहका अधिकृतहरूका लागि केन्द्रको जावलाखेलस्थित तालिम हलमा सञ्चालित विकास व्यवस्थापन तथा सेवा प्रवाहू विषयक तालिमको शुभारम्भ बागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव श्री शिवराम गेलालबाट भएको जनाइएको छ ।
Advertisement 2
केन्द्रका कार्यकारी निर्देशक श्री गोपाल कृष्ण न्यौपानेले सुशासन, विकास र सेवाप्रवाहका लागि आवश्यक पर्ने ज्ञान, सीप र अनुभव अभिवृद्धिका लागि सेवाकालीन तालिम उपयोगी हुने विचार व्यक्त गर्नुभयो । दुवै सेवाकालीन तालीम असोजको दोस्रो हप्ता समापन हुनेछन् ।