१५ महिनाको अवधिमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री जम्कट्टेललाई तेस्रो पटक विश्वासको मत

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् । गत फागुन २३ गते नेपाली काङ्ग्रेसले आफ्ना ६ जना मन्त्री सरकारबाट फिर्ता बोलाएर सरकारलाइ दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले सोमबार तेस्रो पटक विश्वासको मत लिएका हुन् ।

Advertisement 1

जम्मा ११० जना प्रदेशसभा सदस्य रहेको बागमतीमा मुख्यमन्त्री जम्कट्टेलको पक्षमा एमालेका २७, नेकपा (माओवादी केन्द्र)का २१, नेकपा (एकीकृत समाजवादी)का सात तथा हाम्रो नेपाली पार्टीका एक जना गरेर जम्मा ५६ जनाले विश्वासको मत दिएका छन् । हाम्रो नेपाली पार्टीका सरिता खड्गी भने बैठकमा अनुपस्थित भएकी हुन् ।

जम्कट्टेलको विपक्षमा नेपाली काङ्ग्रेसको ३७ मत मात्रै परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १२ जना प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तीन जना गरेर १५ जना प्रदेशसभा सदस्यले तठस्थ बसेका छन् ।

Advertisement 2

२०७९ पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले त्यसै वर्ष माघ तीन गते पहिलो पटक विश्वासको मत लिएका थिए भने एमालेले सरकार छोडेपछि त्यसै २०७९ कै चैत १० गते पुनः दोस्रो पटक विश्वासको मत लिएका थिए । सोमबार चैत १९ मा विश्वासको मत पाएका उनले १५ महिनाको अवधिमा तेस्रो पटक विश्वासको मत पाएका हुन् ।

प्रकाशित :२०८० चैत्र १९, सोमबार १९:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry