क्वारेन्टिन र आइसोलेसन फेरि चाहिन सक्छः गृह मन्त्रालय

सरकारले कोरोना संक्रमण थप फैलिन सक्ने आँकलन गर्दै स्वास्थ्य मापदण्डमा कडाइ गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयले परिपत्र गरेर मास्क अनिवार्य गर्न र भिडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो ।सोमबार सवै प्रमुख जिल्ला अधिकारीलाई स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) चक्र बहादुर बुढाले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत ८ मा कोरोना संक्रमण बढ्ने खतरा औंल्याउँदै सभा,सम्मेलन गर्न रोक लगाउन भनेको थियो । स्वास्थ्य मन्त्रालयले खतरा औंल्याएपछि गृह मन्त्रालयले परिपत्र गर्दै सीमानाबाट नेपाल प्रवेश गर्नेहरुको रेकर्ड राख्न भनेको छ ।

Advertisement 1

 

प्रकाशित :२०७७ चैत्र ११, बुधबार १२:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry