१४ करदातालाई कर बुझाउन मध्यमस्तरीय करदाता कार्यालयको ताकेता

काठमाडौं। मध्यमस्तरीय करदाता कार्यालयले १४ करदातालाई कर तिर्न आग्रह गरेको छ। ताकेता बुधबार सूचना जारी गर्दै मध्यमस्तरीय करदाता कार्यालयले आयकर, मूल्य अभिवृद्धि करलगायत कर तिर्न आग्रह गरेको हो।

Advertisement 1

यसअघि विभिन्न मितिमा फोन सम्पर्क, एसएमएस, इमेल तथा पत्रचारमार्फत् पनि कर तिर्न अनुरोध गरिए पनि कर नतिरेकाले बुधबारदेखि १५ दिनभित्र कर तिर्न कार्यालयले सूचनामा उल्लेख गरेको छ।

समयमा कर नितरे कानुनी कारबाहीबाट असुल गरिने चेतावनी करदाता कार्यालयले दिएको छ। कार्यालयले ए टु जेड इन्फ्रा इन्जिनियरिङ, क्वालिटी फुड एण्ड स्न्याक्स इण्डस्ट्रीजलगायत १४ कम्पनी छन्।

Advertisement 2

प्रकाशित :२०८१ जेष्ठ ९, बुधबार ०७:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry