निजामती सेवामा प्रभुत्व जमाउँदै दैलेख :- उपत्यकाको दुई जिल्लासहित ६ जिल्लाको सिडिओ दैलेखकै

निजामती सेवाभित्र कहिँलेकाँही दुर्लभ संयोग देखा पर्दछन् । यस्तै एउटा दुलर्भ संयोग देखा परेको छ यस पटक । इतिहासले यस पटक यस्तो संयोग जुर्याएको छ कि कर्णालीका दुई प्रशासक अहिले राजधानीको उपत्याका हाँक्दै छन् ।
गृह मन्त्रालयले गत भदौ २३ गते काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीलाई सरुवा गर्दै सो ठाउँमा गोविन्दप्रसाद रिजाललाई पठायो । रिजाल काठमाडौं जिल्लाको कमाण्ड गर्ने पहिलो कर्णालीको छोरा हुन् ।
यस्तै अहिले ललितपुर जिल्लाको कमाण्ड गर्दैछन् घनश्याम उपाध्याय । उनी अस्ति असोज १ गतेदेखि त्यहाँ बहाल भएका हुन् । संयोग यस्तो परेको छ कि अहिले राजधानीका दुई महत्वपूर्ण जिल्ला काठमाडौं र ललितपुर दैलेखका प्रशासकहरुले कमाण्ड गर्दैछन् ।कर्णाली प्रदेशको दैलेख जिल्लाबाट एकै पटक राजधानीका दुई जिल्ला कमाण्ड गर्ने अवसर प्राप्त भएको छ ।
उपाध्याय नारायण नगरपालिका ६ मा जन्मेर हुर्केका हुन् । यस अघि उनी प्रधानमन्त्री कार्यालयमा ३ बर्ष,  पर्यटन तथा नागरिक उड्डान मन्त्रालयमा ४ बर्ष कर्णाली प्रदेशमा अर्थ सचिवको रुपमा १ बर्ष र गृहमा १ बर्ष बिताएका छन् । ४३ बर्षका उनी वढुवाको नजिक छन् ।
यस्तै काठमाडौं कमाण्ड गरिरहेका रिजाललाई काविल प्रशासकका रुपमा चिनिन्छ । रिजालले यस अघि नै सल्यान, कैलाली, रौतहट, दाङ, मकवानपुर लगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन् । शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका उनी यस अघि गृहको प्रशासन महाशाखामा कार्यरत थिए ।

Advertisement 1

उनीहरु बाहेक अरु ४ जना प्रमुख जिल्ला अधिकारीका रुपमा क्रियाशिल छन् । यो अर्थमा देशका विभिन्न ६ जिल्ला कमाण्ड गर्ने एउटै जिल्ला दैलेखकै छन् । यस अघि नेपालको निजामती प्रशासनमा स्याङ्जा, गुल्मी, झापा, विराटनगर, पाल्पा लगायतको जिल्लाको वर्चस्व रहँदै आएको भएपनि एकै जिल्लाबाट,एकै पटक सहसचिव र उपसचिवको नेतृत्व रहने प्रमुख जिल्ला अधिकारी बन्नु,नेतृत्व गर्नुलाई भने संयोग नै मान्नुपर्छ ।

दैलेख जिल्लामै जन्मिएर,हुर्किएका गोविन्द रिजाल,सन्तबहादुर सुनार,खगेन्द्रप्रसाद रिजाल,कृष्णप्रसाद आचार्य, हरिबहादुर प्याकुरेल र घनश्याम उपाध्याय प्रमुख जिल्ला अधिकारीको रुपमा देशका ६ वटा जिल्लाको कमाण्ड गरिरहेका छन् ।
काठमाडौं कमाण्ड गरिरहेका गोविन्दप्रसाद रिजाल, ललितपुर हाक्ने जिम्मेवारी पाएका घनश्याम उपाध्यायदेखि बर्दिया हाँकिरेहका सन्तबहादुर सुनारदेखि खगेन्द्रप्रसाद रिजाल,कृष्णप्रसाद आचार्य,हरि प्याकुरेलसम्म दैलेखकै हुन् ।
सुनारले गत १९ फागुनदेखि बर्दिया जिल्ला हाँकिरहेका छन् । यस अघि उनी आफ्नै गृह जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए । उनी दैलेखकै नारायण नपा २, दैलेखनारायण नगरपालिका,स्थायी बासिन्दा हुन् । उनी सात मंसिरदेखि नै सो जिल्लाको प्रजिअ चलाइसकेका छन् ।
यस्तै खगेन्द्रप्रसाद रिजाल अहिले कैलाली जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइका छन् । उनी २०७७ फाल्गुन २३ गतेदेखी सो जिल्लाको नेतृत्व सम्हालिरहेका छन् उनी दुल्लु नगरपालिका ४ का हुन ।
यस्तै कालिकोट जिल्लाको सिडिओको रुपमा खटिएका कृष्णप्रसाद आचार्य पनि दुल्लु नगरपालिका ८ दैलेखकै स्थायी बासिन्दा हुन् । उनी उपसचिव तहमा कार्यरत छन् । ०७७ मंसिर ७ देखि सो जिल्लाको नेतृत्व गरिरहेका छन् ।
यस्तै आफ्नै गृहजिल्ला दैलेख कमाण्ड गर्ने जिम्मेवारी पाएका छन् हरि प्याकुरेलले । उनी नारायण नगरपालिका ६ का हुन् । उनले ०७७ फाल्गुन २५ गतेदेखि कमाण्डर समालेका छन् ।

प्रकाशित :२०७८ आश्विन ५, मंगलवार १४:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry