नेपाल प्रहरीका १४१ डीएसपीको एकैपटक सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरीका विभिन्न निकायमा कार्यरत १४१ जना डीएसपीको सरुवा गरेको जानकारी गराएको हो ।

Advertisement 1

प्रहरी महानिरीक्षकको बुधबारको निर्णयअनुसार चैत्र महिना देखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवा सूची अनुसार पूर्वी रुकुमको इन्चार्जमा माधवराज खरेल, दोलखामा युवराज खड्का, तेह्रथुममा रञ्जनकुमार दाहाल, ताप्लेजुङमा रवि रावल र हुम्लामा रवीन्द्र खनाललाई सरुवा गरिएको छ । डोल्पामा हरिकृष्ण केसीलाई पठाइएकोमा कृष्ण खड्कालाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र केशव भट्टराईलाई जिल्ला प्रहरी कार्यालय रसुवामा सरुवा गरिएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय रोल्पामा भरत लामा, म्याग्दीमा भरत श्रेष्ठ र रामेछापमा प्रदीपकुमार सिंहलाई सरुवा गरिएको छ ।

Advertisement 2

काठमाडौं, भक्तपुर र ललितपुर स्थित आठ वटा वृत्तका इन्चार्ज पनि फेरिए

काठमाडौं, भक्तपुर र ललितपुर स्थित आठ वटा वृत्तका इन्चार्ज पनि परिवर्तन भएका छन् । डीएसपी चित्रबहादुर भट्टराई प्रहरी वृत्त सातदोबाटो, डिलबहादुर मल्ल प्रहरी वृत्त चापागाउँ र प्रेमसागर केसीलाई प्रहरी वृत्त थिमीमा सरुवा गरिएको छ । प्रहरी वृत्त कीर्तिपुरमा भुवनेश्वर शाह, नगर प्रहरी कार्यालयमा मदनजित महरा र प्रहरी वृत्त बालाजुमा रामकुमार दानीलाई सरुवा गरिएको छ । प्रहरी वृत्त जनसेवामा रुकेश तन्डुकारलाई पठाइएको छ भने प्रहरी वृत्त कालीमाटीमा रूपक खड्काको सरुवा भएको छ । प्रहरी वृत्त थानकोटमा सूर्यप्रकाश सुवेदीलाई पठाइएको छ । यसअघि काजमा प्रहरी वृत्त लैनचौरमा पठाइएका सत्यनारायण थापा र प्रहरी वृत्त सिंहदरबारमा गएका चक्रबहादुर शाहको सोही ठाउँमा दरबन्दी कायम गरिएको छ ।

प्रकाशित :२०८० चैत्र ८, बिहीबार ०८:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry