शिक्षकको जिल्लान्तर सरुवामा रोक, मापदण्ड बनाएर मात्रै शिक्षक सरुवा फुकुवा गर्ने योजना

काठमाडौं । सरकारले शिक्षकको जिल्लान्तर सरुवामा रोक लगाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो निर्णय गरेको हो ।

Advertisement 1

रिक्त शिक्षक पदमा शिक्षक सेवा आयोगबाट नियमअनुसार पदपूर्तीको प्रकृया अगाडि बढिरहेकोले उक्त निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले जानकारी दिईन । उनका अनुसार शिक्षक सरुवा गराईदिने भन्दै असुली गर्ने जस्ता कृयाकलापसमेत हुँदै आएको गुनासो बढेपछि यस्तो निर्णय गरिएको हो ।

शिक्षक सरुवालाई व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रमार्फत् स्पष्ट आधार र प्रकृयासहितको मापदण्ड तयार गरेपछि मात्रै शिक्षक सरुवा फुकुवा गर्ने शिक्षा मन्त्रालयको योजना छ । त्यसैले केन्द्रलाई उक्त मापदण्ड बनाउन निर्देशन दिइसकेको र मापदण्ड नबनुन्जेलसम्मका लागि शिक्षक सरुवा रोकिएको हो । उक्त निर्णय मन्त्रालयले सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेर जानकारीसमेत गराइसकेको छ ।

Advertisement 2

प्रकाशित :२०८० चैत्र ७, बुधबार १०:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry