सुन तस्करी प्रकरणको अनुसन्धान जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

काठमाडौं । सरकारले सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन अध्ययन गरेर कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

Advertisement 1

मन्त्रीपरिषद् बैठक सकिए लगत्तै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको प्रतिवेदन अध्ययन गरेर सरकारले दोषीलाई कारबाही गर्ने जानकारी दिईन ।

उनले भनिन्, ‘सरकारको स्पष्ट धारणा दोषी कोही पनि छुट्नुहुन्न । निर्दोष कोही पनि पर्नुहुन्न भनेर हामीले भनिरहेका छौं । त्यहाँ को व्यक्ति कसको व्यक्ति भन्ने कुरा रहेन । दोषी ठहर भएपछि जो भए पनि कारबाहीको दायरामा आउँछन् ।’

प्रकाशित :२०८० चैत्र २, शुक्रबार १८:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry