३० कर्मचारी उपसचिवमा उक्लदैं,आइतबारभित्रैमा बढुवा सूची निकाल्ने तयारी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बढुवा शखाका कर्मचारीहरु अहिले धमाधम उपसचिव तहमा बढुवा हुन लागेका कर्मचारीहरुको सूची बनाउनमा व्यस्त छन् । बढुवाका लागि कर्मचारीहरुल दरखास्तसहित बुझाएको फाइल अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन गरिरहेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार,विभिन्न सेवा र समूहतर्फका कर्मचारीहरु जेष्ठता र कार्यक्षमता मुल्यांकनका आधारमा हुन लागेको बढुवाको सूची तयार पार्ने काम अहिले तिव्र गतिमा भइरहेको छ ।
Advertisement 1
बढुवा शाखाका एक कर्मचारीका अनुसार आइतबारसम्ममा प्रशासन सेवातर्फका उपसचिवको बढुवाको सूची तयार हुनेछ । प्रशासनसेवातर्फबाट ३० जना उपसचिवमा बढुवा हुँदैछन् । ३० जना उपसचिव बढुवाका लागि दरखास्त आह्वान गरिएकोमा ३३३ जनाको आवेदन परेको बढुवा शाखाले जनाएको छ ।
Advertisement 2
कर्मचारीहरुको बढुवा दुई आधारमा हुनेछन् । पहिलो जेष्ठता र दोश्रो कार्यक्षमता मुल्यांकन । यसरी प्रशासन सेवाको सूची सार्वजनिक गरिए पछि लेखा,इञ्जिनियरिङ,कृषि,भेटनरी,वन लगायतको समूहबाट बढुवाको सूची निस्कनेछ ।
प्रशासनसमूह अन्तरगत सामान्य प्रशासनका ३० जना,राजश्व समूहबाट ४ जना,लेखाबाट १२ जना,लेखापरीक्षण १५,आर्थिक योजना तथा तथ्यांकबाट २,इञ्जिनियरतर्फबाट ३७ जना,कृषिसेवातर्फबाट ४ जना,शिक्षा समूहबाट २ जना,वनसेवाबाट १,स्वास्थ्य सेवातर्फबाट ३४ जना बढुवा हुनेछन् ।
Advertisement 3
यी सबै समूहबाट गरी २१७ जना कर्मचारी उपसचिवमा उक्लनेछन् । जसमध्ये ११० जना ज्येष्ठताको आधारमा र १०७ जना कार्यक्षमताको आधारमा उपसचिवमा उक्लनेछन् । लोकसेवा आयोगले सबै सेवा समूह, उपसमूहअन्तर्गत ४६ वटा समूहमा बढुवा खुलाएको हो । तीमध्ये २४ ज्येष्ठताको आधारमा र २२ कार्यक्षमताको आधारमा विज्ञापन गरेको थियो । २१७ जनाका बढुवाका लागि लोकसेवाले आह्वान गरेको विज्ञापनमा १५ सयभन्दा बढीले दरखास्त बुझाएका थिए ।
जसमध्ये आइतबार प्रशासन सेवातर्फबाट बढुवा हुन लागेका हुन । लोकसेवा आयोगका अध्यक्ष वा उनले तोकेका दुई सदस्य,एक जना विज्ञ सदस्य,मुख्यसचिव र सामान्य प्रशासनको सचिव रहेको बढुवा सिफारिस समितिले आइतबार भित्रै प्रशासनतर्फका ३० जना शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गर्ने छ ।