कुन मन्त्रालयको प्रगति विवरण कस्तो ?

देउवा नेतृत्वको सरकार आएसँगै पछिल्लो पाँच महिना (मंसिर मसान्तसम्म)को समग्र मन्त्रालयगत स्थिती कस्तो छ ? अघिल्लो बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मन्त्री र सचिवलाई अगाडि राखेर यस बिषयमा जानकारी लिएका छन् ।
त्यहाँ सचिव लक्ष्मण अर्यालले सम्पूर्ण मन्त्रालयको प्रगति विवरणबारे प्रस्तुति दिएका थिए । उनले प्रस्तुत गरेको प्रस्तुती अनुसार,अर्थतन्त्रको परिसूचकमा उपभोक्ता मूल्य स्फिति अघिल्लो आर्थिकबर्षको असार मसान्तसम्ममा ४ दशमलव १९ प्रतिशत रहेकोमा यस बर्षको कार्तिक मसान्तसम्ममा ५ दशमलव ३२ प्रतिशत रहेको विवरण पेश गरिएको थियो ।
यस्तै ८३८ दशमलव ४ अर्ब बराबरको आयात मंसिर मसान्तसम्ममा गरिएको,निर्याततर्फ सोही अवधिका १०२ दशमलव ९ अर्ब बराबरको भएको विवरण त्यहाँ राखिएको थियो ।

Advertisement 1

No description available.
व्यापार सन्तुलनमा अघिल्लो आर्थिक बर्षको असार मसान्तसम्ममा माइनस १३९९ अर्ब रहेकोमा मंसिर मसान्तसम्ममा ७३५ अर्ब व्यापार घाटा रहेको विवरण अस्ति प्रधानमन्त्री तथा मन्त्रीहरुको सामू पेश गरिएको थियो । चालु खाता सन्तुलनतर्फ २२३ दशमलव २ अर्ब ऋृणात्मक रहेको जनाइएको छ ।
यस्तै मंसिर मसान्तसम्ममा ३१२ दशमलव ४ अर्ब रेमिटेन्स प्राप्ति भएको,वैदेशिक विनिमय संचितिको अबस्था १२४४ दशमलव ८ अर्व रहेको,पूँजीखर्च तर्फ ७ दशमलव ४९ प्रतिशत मात्र भएको विवरण पेश गरिएको छ ।

No description available.
यस्तै राजश्व परिचालनतर्फ ४१२ अर्ब,ठूला उद्योग दर्ता ३९ वटा,उद्योगबाट १२ हजार जनालाई थप रोजगारी श्रृजना भएको,उद्योगमा ३० अर्ब बैदेशिक लगानी भित्रिएको विवरण पनि त्यहाँ राखिएको थियो । यस्तै दुर्गम जिल्लामा ६ दशमलव ४ मेट्रिक टन खाद्यान्न ढुवानी गरिएको विवरण पेश भएको छ ।
प्रधानमन्त्री रोजगार कोष अन्तरगत बार्षिक २ लाखलाई रोजगार दिने लक्ष्य राखिएकोमा १०३० जनालाई मंसिरसम्ममा रोजगार दिइएको प्रधानमन्त्री कार्यालयको प्रगति विवरण पेश भयो । यस्तै, यही बर्षभित्र १ करोडलाई राष्ट्रिय परिचयपत्रको संकलनको काम सक्ने लक्ष्य बोकिएकोमा ४९ लाख ६० हजार संकलन भइसकेको,१ लाखलाई विद्युतिय राहदानी वितरण गर्ने बार्षिक लक्ष्य रहेकोमा १० हजारलाई वितवरण गरिएको विवरण गृहको तर्फबाट पेश भयो ।
यस्तै अर्थ मन्त्रालयतर्फ राजश्व असुली लक्ष्य बार्षिक ११८० अर्ब लिइएकोमा मंसिरसम्ममा ४१२ अर्ब असुली भएको प्रगति विवरण पेश त्यहाँ सुनाइयो ।
यस्तै कृषितर्फ ५७ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य राखिएकोमा ५१ लाख ३० हजार मेट्रिक टन उत्पादन गरिएको,३ लाख ५० हजार मेट्रिक टन रसायनिक मल आपूर्ति गर्ने बार्षिक लक्ष्य राखिएकोमा १ लाख ३ हजार मेट्रिक टन आयात गरिएको विवरण सार्वजनिक भएको छ ।
वनतर्फ भने ४५ दशमलव २५ लाख क्युफिट काठको उत्पादन भएको,१ दशमलव ४ अर्ब राजश्व वन क्षेत्रबाटै आर्जन भएको विवरण राखिएको थियो ।
रक्षा मन्त्रालयले चालु आर्थिक बर्षभित्र २१ दशमलव २ प्रतिशत फास्ट ट्रयाक निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिइएकोमा १६ दशमलव ३ प्रतिशत काम सम्पन्न भएको विवरण राखिँदा भौतिक पूर्वाधार मन्त्रालयतर्फबाट १८ हजार १ सय १४ किमी सडक कालोपत्रे गर्ने लक्ष्य लिइएकोमा १६ हजार ७ सय ४ किमी सडक कालोपत्रे भइसकेको हो । पुल निर्माणतर्फ ३ हजार ४५ किमी सम्पन्न गर्ने बार्षिक लक्ष्य राखिएकोमा ५ महिनामै लक्ष्य नजिक अर्थात २७ सय ६७ किमी काम सम्पन्न भइसकेको,८८ किमी रेल ट्रयाक निर्माण बार्षिक लक्ष्य राखिएकोमा ७० दशमलव ५ किमी सम्पन्न भइसकेको, ३ दशमलव ३ किमी सुरुङ निर्माण गर्ने लक्ष्य राखिएकोमा २ किमी सम्पन्न भइसकेको विवरण पेश गरिएको थियो । यस्तै ग्रामीण कालोपत्रे सडक ४४५९ किमी बनाउने लक्ष्य राखिएकोमा ४३७३ किमी सम्पन्न भएको विवरण प्रधानमन्त्री र मन्त्रीको सामू पेश गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयतर्फबाट स्थानीय सडक पुल ६४३ वटा निर्माण गर्ने लक्ष्य राखिएकोमा ६ सय १६ वटा,झोलुंगे पुल ९९०३ वटा बनाउने लक्ष्य राखिएकोमा ९२५५ वटा यो ५ महिनामै सम्पन्न भइसकेको विवरण प्रधानमन्त्री तथा मन्त्रिहरुको सामू सुनाइएको थियो ।
उर्जातर्फबाट २११६ मेगावाट विद्युत उत्पादन थपिएको विवरण राखिदा शहरी विकासको तर्फबाट शहरी सडक स्तरोन्नतितर्फ ९ सय ६७ किमी गर्ने लक्ष्य राखिएकोमा ८४४ किमी सम्पन्न भएको विवरण सुनाइएको थियो ।
यस्तै संघीय संसद भवनको ३७ प्रतिशत प्रगति हासिल भइसकेको विवरण त्यहाँ पेश गरियो ।
संष्कृति,पर्यटन मन्त्रालयतर्फबाट भैरहवा विमानस्थल निर्माण १०० प्रतिशत सक्ने लक्ष्य राखिएकोमा ९८ दशमलव ५ किमी सम्पन्न भइसकेको,पोखरा विमानस्थल निर्माण १०० प्रतिशत ८९ प्रतिशत काम समापन भइसकेको विवरण सुनाइयो ।
सञ्चारतर्फबाट ५ महिनामै ११ हजार २० किमी अप्टिकल फाइबर बिस्तार गरिएको,७८ दशमलव ८७ किमी मोबाइल ब्रोडब्यान्ड बिस्तार गरिएको,७३८ स्थानीय तहमा मोबाइल ब्रोडन्याड इन्टरनेट पुगिसकेको विवरण पेश हुँदा युवा तथा खेलकुद मन्त्रालयको तर्फबाट प्रदेश रंगशाला निर्माणको काम २८ दशमलव ५ प्रतिशत सकिएको विवरण पेश गरिएको थियो ।
यस्तै स्वास्थ्यतर्फबाट पुस २० गतेसम्मकको विवरण अनुसार,१८ बर्षमाथिका एक करोड माथिका नागरिकलाई खोप लगाइसकिएको विवरण त्यहाँ राखिएको थियो ।
शिक्षातर्फ यही आर्थिक बर्षमा ६६० वटा स्थानीय तहमा प्राविधिक शिक्षा पुराउने लक्ष्य राखिएकोमा ६३५ वटामा पुगिसकेको विवरण प्रस्तुत गरियो भने इम्बोस्ट नम्बर प्लेट १ लाख ३० हजार सवारी साधनमा जडान भइसकेको र यो बर्ष १२ लाख ४० हजार सवारीमा जडान गर्ने लक्ष्य रहेको विवरण त्यहाँ पेश गरिएको थियो ।

Advertisement 2

महिला मन्त्रालयले भने ज्यान जोखिममा परेका ८५ जना महिलाको उद्धार गरिएको विवरण त्यहाँ राख्यो । मुख्य सचिव शंकरदास वैरागीले सचिवहरुको तर्फबाट राम्रो सर्भिस डेलिभरी दिने प्रतिवद्धता व्यक्त गरे भने डेढ घण्टाको बैठक पछि प्रधानमन्त्रीले सचिवहरुलाई ९ बुँदे निर्देशन दिए पछि बैंठक सकियो ।

प्रकाशित :२०७८ पुष २९, बिहीबार १०:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry