मध्यरातीदेखि बढ्यो पेट्रोलियम पदार्थको भाउ
सरकारले मध्यराती देखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको हो।
निगमले १५ दिनअघि मात्र भारतबाट मूल्य बढेर आएको जनाउँदै खाना पकाउने ग्यासलगायतका पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। एकै महिनामा पेट्रोलको मूल्य ६ रुपैंयाले बढेको छ । बढेको मूल्य अनुसार पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः रु १६९.५०, १७१ र १७२ तथा डिजेल तथा मट्टिेल क्रमशः १५७.५०, १५९ र १६० तोकेको छ ।
Advertisement 1
इण्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु १ दशमलव ८३ र डिजेलमा रु १ दशमलव ५६ बढेर आएको निगमले जनाएको छ । पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुई रुपियाँ वृद्धि हुँदा हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।