भ्रष्टाचार मुद्धामा पाँच कर्मचारीलाई सफाई,२ दोषी ठहर

विशेष अदालतले भ्रष्टाचारको मुद्धामा एकै दिन पाँच जनालाई सफाई दिएको छ । सफाई पाउनेमा पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय हरिहरभवन, ललितपुरका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्रीसहित, लेखा अधिकृत रामप्रसाद बजगाईं, पूजा शर्मा, किराँत याकथुम चुमलुङ, कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेशकुमार लिम्बु र कोषाध्यक्ष गणेशबहादुर सोदेम्बाले सफाइ पाएका हुन्।

Advertisement 1

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठले इजलासले पाँच जनालाई सफाइ दिँदा व्यवस्थापक तेजमान कन्दङ्वा र लाइफ टाइम इन्जिनियरिङ प्रालिका सञ्चालक रोशन भट्टराईलाई दोषी करार गर्दै उनीहरुलाई १८ लाख ४७ हजार दुई सय १९ जरिवाना र सोही बराबरको बिगो र तीन महिना कैद र १० हजार जरिवाना सुनाइएको छ ।

पशु सेवा विभाग, पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयबाट विगत पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुमको म्याङलुङ, नगरपालिका–५, जिरीखिम्ती, माझगाउँमा आम्फुवा पशुहाटबजार निर्माण गर्न अनुदान प्राप्त गरेका थिए । उक्त अनुदान मापदण्डविपरीत निर्माण कार्य सम्पन्न नगरी अनियमितता गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजहरू विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

Advertisement 2

 

प्रकाशित :२०८० फाल्गुन २, बुधबार ०९:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry