यिनै न्यायधीशको आदेशमा दुई दिनमै हिरासतबाट छुटे अरुण चौधरी
अहिले चर्चामा छन्,लुनकरणदास चौधरीका सन्तान,विनोद,अरुण चौधरीहरु । सत्ताका सानिध्यतामा रहेर साार्वजनिक जग्गा हड्प्दै आएका विनोदका भाइ अरुणलाई केही दिन अघि सिआइबीले पक्राउ परेपछि डलरे अर्वपति विनोद चौधरी र उनका भाइहरु चर्चामा छन् ।
Advertisement 1
बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना आरोपमा पक्राउ परेका अरुण चौधरीसहित तीनजना बुधबार नै रिहा भएका छन्। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै हाजिर जमानीमा छोड्न आदेश गरेपछि उनीहरू हिजो रिहा भएका हुन ।
यो भन्दा पनि चर्चामा छन् काठमाडौं जिल्लाका न्यायाधीश आचार्य । घटना एउटै प्रकृतिको,तर अदालतको आदेश फरक फरक । ललिता निवास जग्गा प्रकरणमा मुछिएका भाटभेटनी डिर्पाटमेन्ट स्टोरका मालिक र डलरे अर्वपति विनोद चौधरीका भाइ अरुणमाथि लागेको आरोप उस्तै प्रकृतिका थिए । तर गुरुङ किर्ते र ठगीको आरोपमा तीन महिनासम्म न्यायिक हिरासतमै रहे त्यो पनि अदालतको आदेशमा।
Advertisement 2
बाँसबारी छालाजुत्ता क्षेत्रको १० रोपनी जग्गा प्रकरणमा मुछिएका डलरे अर्वपति बिनोद चौधरीका भाइ अरुणहरु अदालतका आदेशमा दुई दिनमै छुटे । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जमिन हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुण चौधरी, कारखानाका तत्कालिन कार्यकारी निर्देशक अजितनारायणसिंह थापा, सिजी चाँदबाग रेसिडेन्सीका प्रवन्ध निर्देशक सञ्जय ठाकुरका हकमा अनुसन्धान गर्नुपर्ने थुप्रै पक्षलाई आँखा चिम्लिँदै काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलाशले दुई दिनमै छोड्ने आदेश दिएपछि उनीहरु छुटेका हुन । प्रहरीले अनुसन्धान गरिरहँदा हिरासतमा नराख्न भनी रोचक आदेश आउनु सामान्य विषय नभएको कानुनी क्षेत्रकै जानकारहरु बताउँछन् ।
जिल्ला न्यायाधीश आचार्यले आरोपीतहरुलाई रिहा गर्न आदेश दिने क्रममा पक्राउ परेका तत्कालीन बासबारी छाला जुत्ता कारखानाका अध्यक्ष अजितनारायण सिंह थापाको उमेर ८० वर्ष माथि रहेको विषय पनि उल्लेख छ । अरुण चौधरी र सञ्जय ठाकुरले हजारौंलाई रोजगारी दिएको भन्दै थुना बाहिर राखेर अनुसन्धानमा सघाउन भनिएको थियो । कानुनले यस्तो मुद्दामा कानुनले प्रतिवादीलाई २५ दिनसम्म थुनेर अनुसन्धान गर्ने सुविधा दिएको हुन्छ । यो मामिलामा महालेखा परीक्षकले विसं २०४३/४४ मै कैफियत देखाएको हो ।
Advertisement 3
यिनै यज्ञ नवलपरासी जिल्ला अदालतमा हुँदा बलात्कार मुद्दामा पक्राउ परेका कलाकार पल शाहलाई जबरजस्ती करणी मुद्दामा सफाइ दिएका थिए । जिल्ला न्यायाधीश आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै पललाई सफाइ दिएका थिए ।