संयोग कि समयको माग :-मुलुकको सूचना प्रविधि क्षेत्र पौडेलहरुको कब्जामा

संयोग हो कि समयको माग मुलुकको सूचना प्रविधि क्षेत्रको उपल्लो पद अहिले पौडेलहरुको पोल्टामा छ । जस्तो नेपाल टेलिकमका हाकिम छन्,सुनिल पौडेल,सेक्युरिटी प्रिन्टिङ प्रेसमा विकल पौडेल र राष्ट्रिय सूचना प्रविधि केन्द्र अर्थात एनआईआईटीसीमा कार्यकारी नियुक्त छन्,प्रदीप पौडेल । यी तिनै भाइ विचौलिया दिपक भट्टका प्रतापले ठाँउ ठाँउमा फिट भएका सञ्चार मन्त्रालयतिर चर्चा परिचर्चा सुन्न पाइन्छ । अहिले यिनै पौडेल बन्धुकै कारण मुलुकको सूचना प्रविधि क्षेत्रले एक पछाडि अर्काे संकट भोग्दैछ ।
जस्तो अस्ति सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका उडान दुई घण्टा प्रभावित भयो । दुई हप्ता अघि मात्र लगातार सात घण्टा उडान प्रभावित भयो ।

Advertisement 1

बाहना थियो,सरकारी सर्भर डाउन । टिआइएको सर्भर अरु सरकारी निकायकोझैं गृह मन्त्रालय पछाडिको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा राखिएको छ । यी सरकारी वेव होस्टिङको काम गृह मन्त्रालय पछाडि रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनटीआईसी) ले गर्दै आएको छ । अहिले एनआईआईटीसीमा कार्यकारीको कुर्सीमा छन्,प्रदीप पौडेल । पौडेल त्यहाँ पुगे पछि एकै पटक देशैभरका सात हजार सरकारी कार्यालयको वेब होस्टिङ ह्याकरको निशानामा प¥यो । यसअघि प्याडक्स साइबर घोस्ट नामक फेसबुक पेजमार्फत ह्याकरले नेपालका ५८ वटा सरकारी वेबसाइटमा एकै पटक हमला गरेका थिए । केही वेबमा ह्याकरले अनेकथरी भाइरस हालेर त्यहाँका महत्वपूर्ण डाटा चोरे । अझै नेपाल प्रहरीकै वेब ह्याक गरी पोर्न भिडियो हालियो ।

यसरी मुख्यसचिवका नातेदार,विचौलियाका प्रतापले सरकारी कार्यालयका हाकिम बनेका पौडेल आइटी क्षेत्रका जानकार हुँदै होइनन् । साधरण मास्टरी पेशा गरेर जीवन धान्दै आएका पौडेल सेन्ट जेभियर्स कलेजमा मास्टरी गर्दा गर्दै एनआईआईटीसीमा कार्यकारी भएर छिरेका हुन । उक्त केन्द्रको कार्यकारी निर्देशक हुन विज्ञान,अर्थशास्त्र र सूचना प्रविधिलगायत तोकिएका विषयमा स्नातकोत्तरको मापदण्ड तोकिएको थियो । साथैं अनिवार्य प्रविधि क्षेत्रमा १० वर्षको अनुभव चाहिने भनिए पनि पौडेलसँग योग्यताको नाममा विश्वविद्यालयको प्रमाणपत्र मात्र रहेको सञ्चार स्रोतले  दावा गरेको छ । योग्यता नपुग्दा नपुग्दै पनि उनी मुख्यसचिव शंकरदास बैरागीका साढु भाइ र सालीका छोरा भएका कारण त्यहाँ फिट भएको सो स्रोतले जनाएको छ ।

Advertisement 2

उसै गरी सुरक्षण मुद्रण कोषका हाकिम कम ‘ब्रोकर कार्यकारी निर्देशक’को भूमिकामा रहेर चर्चा र विवादमा आउने पात्र हुन विकल पौडेल । सेक्युरिटी प्रेस, प्रिन्टिङ, इम्बोइस्ड हुँदै अन्तः शुल्कको स्टिकर (जो रुपैयाँ, पैसाभन्दा पनि अत्यन्त संवेदनशील मानिन्छ) छपाइमा समेत अनियमितताको गन्ध भेटिएको भन्दै सो कार्यालयमा पठाइएको बजेटमा अंकुश लगाइएको छ । खासमा अन्तशुल्कको स्टिकर छाप्ने काम राजश्व अनुसन्धान विभागको हो तर विभागसँग कुनै सम्झौता नै नगरी बजारमूल्यभन्दा झण्डै ५ गुणा महँगोमा स्टिकर छपाइको प्रक्रिया विकलले अघि बढाएको भेटिएको छ । पौडेल तिनै पात्र हुन,जो सेक्युरिटी प्रेसको ७० करोड फण्डामा मुछिएर केही समय अमेरिकातिर लापत्ता भएका उनले सो प्रकरण मत्थर भएपछि स्वदेश फर्किएर इम्बोइस्ड नम्बर प्लेटको फण्डा चलाए । अहिले अन्तशुल्कको फण्डा चलाइरहेका छन् । अनिवार्य नभएको राष्ट्रिय परिचयपत्र छपाउने धन्दा पनि उनै विकलको स्वार्थ अनुसार भएको हो भनिन्छ ।

स्वार्थ समूहकै इन्ट्रेस्टमा ऐन नै संशोधन गरेर सुनिल पौडेललाई नेपाल टेलिकममा लगिएको टेलिकमका कर्मचारीहरु सुनाउँछन् । टेलिकममा ऐन संशोधन गरेर पहिलोपटक संस्थाभन्दा बाहिरबाट प्रवन्ध निर्देशक बनाइएको हो । उनी टेलिकमको हाकिमका रुपमा जानु अघि राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । सूचना प्रविधि केन्द्रमा रहेर विभिन्न कानुन विपरीतका काममा संलग्न रहेका पौडेललाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति गरिँदा निर्देशिका नै संशोधन गरिएको थियो । अहिले अनेकन टेण्डरका नाममा खेलोफड्को चल्दैछ,भद्रकालीमा ।यस्तै विचौलिया तिनका नातेदार पोसिने र सर्वसाधरण सोसिने भए पछि मुलुक बन्ने र बनाइने कुरा दिवा स्वप्न मात्र हो ।

प्रकाशित :२०७९ फाल्गुन ११, बिहीबार ०७:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry