तिम्रो नाच हेरिरहेको छ

देशको यौटा कुनामा बस्नेले
तिम्रो दिनदिनको
नाच हेरिरहेको छ
ऊ आफू बस्ने गरो माथि
डिलैबाट गाडी कुनै दिन गुड्ला
भनी आस गरिरहेछ!

Advertisement 1

भैरहेको बाटोमा
अब धुलो त नउड्ला भनी
त्यहीँ मुन्तिरको सानो झुप्रोमा
आसाको लामो श्वास फेर्दै
बास गरिरहेको छ।
नाचिरहेको तिमी
अब नाच्न छोडेर
नृत्य संसारबाट
बाहिरियौ कि भनी
ऊ घरिघरि झुप्रोबाट उठेर
नाचघरतिर यसो नियाल्छ
तिमिलाई एकैछिन भएपनि
मंचमा नदेख्दा
उसका आसाका किरणहरू
भरोसाका ज्वालाहरू
कतै विस्फोट भएर धुवाँले
आकाशभरि पुत्ताए झैँ फैलन्छन्
अनि,ऊ तुरून्तै
घरमाथिको गरोमा गएर हेर्छ
तर ऊ त्यहाँ पाउँछ
न बाटो बनेको छ
न त अर्को बाटोमा
धुलो उड्न नै छाडेको छ!
फेरि ऊ तुरुन्तै
निरास भै
झुप्रो मै पस्छ र
यसो मंचमा पुनः हेर्छ
जहाँ तिमी फेरि हुन्छौ

तिमी कतैबाट फर्केर
मंचमा नै
नाचिरहेको देख्दा
ऊ आश्चर्यमा पर्छ!
सर्ट वा लङ
ट्वाइलेट गर्न तिमी गएको
ऊ अनुमान नै लाउन सक्दैन
जुन कुरा बुझ्न उसलाई
कसैको सहयोग चाहिन्छ
र ऊ हो र! भनी
विश्मय बोध गर्छ
तथापि
उसलाई अझै तिम्रो
आसा भने छ
त्यहिँ वरपर
यसो हेर्दै
माखाहरू उड्न छोडेभने
मारिएछन् कि भनी आस गर्छ
वरपर नियाल्दै
धूलो उड्न छोड्यो भने
बाटाहरू बनेछन् कि
भनी आस गर्छ!
मंचमा कोहि देखेन भने
नाच्न छोडेछन् कि
भनी आस गर्छ

Advertisement 2

तर तिम्रो
पटकपटकको
सर्ट वा लङ ट्वाइलेटले भने
ऊ झुक्किरहेछ
पट्यारलाग्दो तिम्रो नाच र
एक तमासको खेलमा
निकै झिनो
आसाहरूको ढुकढुकिलाई
बचाउदै ऊ
तिम्रो नाच हेरिरहेको छ
तिम्रो नाच हेरिरहेको छ।

प्रकाशित :२०८० माघ २५, बिहीबार ०५:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry