मान्छे


डा. महेन्द्रराज न्यौपाने

Advertisement 1

सोच्थे म मान्छे हुन्छन् बेग्ला बेग्लै
गोरा, काला, चिनिया र हामीहरु बेग्ला बेग्लै
शिर देखि पाउ सम्म बेग्ला बेग्लै
क देखि ज्ञ सम्म बेग्ला बेग्लै ।

यो त रहेछ रनभुल
फरक रहेछ केवल सुझबुझ
बच्चा बच्चा नै हो रुन्छ लाग्दा भोक
सर्दै बामे, बोल्छ तोते हरदम खोज्छ आमाको कोख
छैन फरक चल्ने बानी मुलुक फरक भए पनि
खेल्छ सधैं साथीसंगी, दाजुभाइ, दिदीबहिनीसँग मिली

Advertisement 2

जान्छ स्कूल, कलेज, विश्वविद्यालय पनि
रैछ त के फरक यो दुनियाँमा मानिस मानिसमा पनि
हुन्छ वृद्ध, रोगी अनि पाउँछ मृत्युवरण पनि
जान्छन् मलामी भिन्न भिन्न रुपमा इष्ट मित्रहरु पनि
रुन्छन् पुकारी भगवान् ईश्वर अनि अल्लाह भनी
समान छैनन् भने रुन्छन् किन उही स्वर्ग र नर्क पुकारीपुकारी ।

(हाल अमेरिका)

प्रकाशित :२०७७ भाद्र २६, शुक्रबार १२:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry