तत्कालीन गाविस सचिव भ्रष्टाचारी ठहर, चार वर्ष कैदसहित २७ लाख जरिबाना
विशेष अदालतले सिरहाको तत्कालीन राजपुर गाउँ विकास समितिका सचिव केशव घिमिरेलाई भ्रष्टाचार मुद्दा दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण ढुङ्गाना, न्यायाधीशहरु तेजनारायणसिंह राई र मुरारिबाबु श्रेष्ठको इजलासले यस्तो फैसला सुनाएको हो।
Advertisement 1
घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७८ फागुन २६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सामाजिक सुरक्षा भत्ता बैकबाट झिेकेका तर वितरण नगरेको, आन्तरिक आय बैंक दाखिला नगरेकोसहित २४ लाख ९२ हजार ५१० रुपैया ५० पैसा हिनामिना गरेको अख्तियारको दाबी विशेष अदालतले ठहर गर्दै तीन वर्ष कैद हुने फैसला गरेको छ ।
विशेषले भ्रष्टाचार निवारण ऐनको दफा १७ अनुसार ३ वर्ष कैद र २४ लाख ९२ हजार ५ सय १० रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ। त्यस्तै विशेषले उनलाई थप १ वर्ष क कैद र २ लाख ६७ हजार २६ रुपैयाँ भ्रष्टाचार निवारण ऐनको दफा ८(१) बमोजिम हुने फैसलामा भनेको छ।
Advertisement 2