प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार
लमजुङको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलमाथि हातपात भएको छ । आइतबार बिहान १० बजेतिर पौडेलको कार्यकक्षमै गएर हातपात गरेको बताइएको छ ।
Advertisement 1
प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात र दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरुले विज्ञप्ति जारी गरेका छन् । कर्मचारीले घटनाको भर्त्सना गरेका छन् । ‘संविधानको भावना र मर्मलाई आत्मसात गर्दै सेवामा दिनरात नभनी सेवा प्रदान गर्ने कर्मचारीहरुको सेवामा बढ्दै गएको असुरक्षाले कर्मचारीको सेवा प्रवाह कमजोर र कठिन हुँदै गएको छ,’ कर्मचारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।’
विज्ञप्तिमा भनिएको छ आइतबार बिहान सवा १० बजेतिर प्रमुख प्रशासकीय अधिकृत पौडेल आफ्नो कार्यकक्षमा काम गरिरहेको बेला ‘नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका कार्यकर्ता हौं’ भनी परिचय दिने २ व्यक्ति आएर एक्कासी अकस्मात हातपातसहित दुर्व्यवहार गरेको जनाएको छ ।
Advertisement 2
प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात र दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कर्मचारीहरुले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका लमजुङ सेक्रेटरी रविन्द्र नखोलालाई पहिचान गरेको र अरु एक जनालाई पहिचान गर्न नसकेको बताएका छन् ।
यसअघि धनुकटाका एमाले नेता एवम् निवर्तमान प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले पौडेललाई ज्यान लिने धम्की दिएका छन् । राईले टेलिफोन गरी पौडेललाई धम्क्याएका हुन् ।पौडेलले आफू असुरक्षित भएको भन्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।