कावा महालेखापरीक्षक काफ्ले अनिवार्य अवकाश, बेरुजु फर्स्यौट गर्न निर्देशन

महालेखापरीक्षकको कार्यालयका कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्ले उमेर हदका कारण अनिवार्य अवकाशमा गएका छन् । काफ्ले आज (शुक्रबार)देखि अनिवार्य अवकाशमा जान लागेका हुन् ।२०७८ कार्तिक ११ गते नायव महालेखापरीक्षक (सहसचिव) बाट उप महालेखापरीक्षक (सचिव)मा बढुवा भएका काफ्ले उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् ।

Advertisement 1

काफ्लेको अनिवार्य अवकाश भएसंगै महालेखापरीक्षकको कार्यालय उपमहालेखापरीक्षकको एक पद रिक्त भएको छ । रिक्त रहेको पदमा बढुवाका लागि तीन जना नायव महालेखापरीक्षक प्रतिस्पर्धामा छन् । जसमा पहिलो नम्बरमा श्रीकुमार राई, दोस्रो नम्बरमा बैकुण्ठबहादुर अधिकारी र तेस्रो नम्बरमा घनश्याम पराजुली रहेका छन् ।

यसैविच विगत आठ महिनादेखि महालेखापरीक्षकको कार्यालय कार्यवाहक महालेखापरीक्षकको भरमा चल्दै आएको छ । तत्कालिन महालेखापरीक्षक टंकमणी शर्मा गत जेठ आठ गते सेवा अवधि पुरा गरेर अवकाशमा गएसंगै महालेखापरीक्षको पद रिक्त रहेको हो ।

Advertisement 2

उमेर हदका कारण शुक्रबारदेखि अनिवार्य अवकाशमा जान लागेका कार्यवाहक महालेखापरीक्षक काफ्लेले २०७९ असार १७ गतेदेखि रोकिएको सम्परीक्षण सुचारु गर्न ६ बुँदे निर्देशन जारी गरेका हुन् ।  काफ्लेले आजै प्रधानमन्त्री समक्ष बिदाइ भेट गरेसँगै उक्त निर्देशन जारी गरेका हुन् ।

प्रकाशित :२०८० माघ १२, शुक्रबार ०८:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry