२९ सहसचिवको सरुवा (सूचीसहित)

सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ ।

Advertisement 1

सरुवा सूची अनुसार नारायण प्रसाद रिसाल गृहबाट अर्थ मन्त्रालय, सेवन्तक पोखरेललाई अर्थबाट मधेस प्रदेशको अर्थ मन्त्रालयमा प्रदेश सचिवमा, सेवन्त राज दाहाललाई राष्ट्रिय समावेशी आयोगबाट गण्डकी प्रदेशको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश सचिवमा, वासु देव दाहाललाई कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट गृह मन्त्रालयमा, परराष्ट्रका सहसचिव छविन्द्र पराजुलीलाई कोशी प्रदेशको प्रदेश सचिवमा पठाइएको छ ।

यस्तै महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई मधेशी आयोगमा सरुवा गरिएको छ सो ठाँउमा राष्ट्रिय योजना आयोगबाट प्रदीप परियारलाई खटाइएको छ ।

Advertisement 2

अध्यागमनबाट तानेर जगेडामा राखिएका झलकराम अधिकारीलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरिएको छ । मन्त्रिपरिषद्बाट बिहीबार निर्णय भएपछि शुक्रबार प्रमाणीकरण भएर संघीय मामिला मन्त्रालयमा आएको छ

 

प्रकाशित :२०८० माघ ५, शुक्रबार १८:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम