२७ सहसचिवको सरुवा गर्ने क्याविनेटको निर्णय,प्रमाणीकरण हुन बाँकी
Advertisement 1
सरकारले २७ जना सहसचिवहरूको सरुवा गरेको छ ।आज बसेको क्याविनेट बैठकले २७ जना सहसचिवहरूको सरुवा भएको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव पठाएको १० दिन पछि आज बसेको क्याविनेट बैठकले २७ सहसचिव सरुवा गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत पुस २३ मा ३२ सहसचिव सरुवाको लिष्ट मन्त्रिपरिषद्को कार्यालयमा पठाएको भए पनि दुई सातासम्म रोकिएको थियो ।
Advertisement 2
आज बसेको मन्त्रिपरिषद् बैठकबाट २७ जना सहसचिवहरूको सरुवा गरिने निर्णय भएको हो । प्रमाणीकरण भएर आइनसकेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
प्रकाशित :२०८० माघ ३, बुधबार १७:४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%