कर्मचारीका प्रतिभा प्रस्फुटन गराउन ‘प्रतिभा डबली’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीको नवीन सोच र प्रतिभा प्रस्फुटनका लागि प्रतिभा डबली सञ्चालन गर्ने भएको छ । सो डबलीमा सहभागी हुन इच्छुक कर्मचारीले आगामी १३ असारभित्र आफ्नो प्रतिभालाई आवेदनसहित सामान्य प्रशासनमा पेश गर्न भनिएको छ ।

Advertisement 1

यसरी पेश भएका आवेदनमध्येबाट आवेदनमध्ये उत्कृष्ट १० विचार, प्रतिभा वा सोच छनोट गरिने र उत्कृष्ट तीनलाई आर्थिक पुरस्कार र सम्मानपत्र दिइने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । शीर्ष तीन आइडियालाई कार्यक्रम र बजेटमा समावेश गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइडिया स्टुडियोसँगको सहकार्यमा निजामति कर्मचारीको अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि नवीन सोच, समस्या पहिचान, समाधानका नवीन उपाय र त्यसका फाइदा’उल्लेख गरेर १३ असारभित्र आवेदन बुझाउन आह्वान गरेको छ ।

partiva
प्रकाशित :२०७९ असार ७, मंगलवार ११:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry