भ्रष्टाचारका यी २१ ठूला मुद्धालाई अख्तियारले किन राख्यो तामेलीमा ?
गत आर्थिक वर्ष २०७७/७८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केहि उच्च व्यक्तिका केही मुद्दाहरु तामेलीमा राखेको छ ।
Advertisement 1
सरकारी सम्पत्ति दोहन तथा गैरकानुनी रुपमा अकूत सम्पत्ति आर्जनको २१ वटा मुद्दाको टुंगो भने लगाउन सकेको छैन् । जसमा नेपाल सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक (आईजीपी) कोषराज वन्त, कर फछ्र्योट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत र अन्य सरकारी कर्मचारीको मुद्दा अख्तियारले तामेलीमा राखेको हो ।
त्यस्तै २३ भदौ २०७७ मा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीका इन्जिनियर निश्चल काफ्ले, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सिनियर डिभिजन इन्जिनियर दीपक केसीको मुद्दा तामेलीमा राखिएको थियो । यस्तै, २५ भदौमा राष्ट्रिय योजना आयोगका शाखा अधिकृत लोकराज बोहराविरुद्धको मुद्दा तामेलीमा राखिएको हो ।
Advertisement 2
कर फछ्र्योट आयोगका अध्यक्ष महतविरुद्धको मुद्दा भने २३ पुस २०७७ मा तामेलीमा राखिएको थियो । अख्तियारको प्रतिवेदनअनुसार अनुसार जिल्ला आयोजना कार्यान्वयन इकाइ गोरखाका इन्जिनियर रामशरण आचार्य, राजस्व अनुसन्धान विभागका तत्कालीन शाखा अधिकृत मनोजकुमार गौतम, जिल्ला वन कार्यालय बाजुराका तत्कालीन अधिकृत धनीचन्द्र ठकुरीविरुद्धको मुद्दा पनि तामेलीमा राखिएको छ ।
यस्तै, काठमाडौं महानगरपालिकाका उपनिर्देशक साधुराम भट्टराई र कर्मचारी धर्म मुनिकार, राजस्व अनुसन्धान विभागका निर्देशक खिमबहादुर कुँवर र नासु रामकृष्ण तिवारी, पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय दमकका प्रमुख दीपककुमार भट्टराईविरुद्धको फाइल पनि तामेलीमा छ ।
Advertisement 3
अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत केशवराज ओली, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका उपसचिव कपिलप्रसाद सुवेदी, रसुवा भन्सार कार्यालयका नासु भूपेन्द्रराज मैनाली, मध्यपहाडी लोकमार्गका सिनियर डिभिजन इन्जिनियर सूर्यबहादुर भाट, सडक विभागका सुपरिन्टेन्डेन्ट इन्जिनियर सुशीलबाबु ढकाल, पश्चिमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका तत्कालीन क्षेत्रीय निर्देशक उत्तमलाल प्रधानविरुद्धको फाइल पनि तामेलीमा राखेको छ ।
दक्षिण कोरियाका लागि तत्कालीन नेपाली राजदूत स्वर्गीय कमानसिंह लामा र अर्थ मन्त्रालयका उपसचिव डिलबहादुर क्षत्रीविरुद्धको फाइल पनि तामेलीमा राखिएको छ ।