जलहरी प्रकरणमा मुछिएका तत्कालीन सदस्य सचिव थापासँग ३ लाख धरौटी माग

पशुपतिनाथको जलहरी निर्माण भ्रष्टाचारका आरोपी पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव मिलनकुमार थापासँग ३ लाख धरौटी मागिएको छ । विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु र रामबहादुर थापाको संयुक्त इजलासले थापालाई पुस २५ मै तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
Advertisement 1
अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको भनी कोषका सदस्य सचिव थापा सहित अघिल्ला सदस्य सचिव डा। प्रदिप ढकाल र विशेष नाइके अरुण श्रेष्ठ विरुद्ध १ करोड १७ लाख रुपैयाँ विगो मागदाबी गरी विशेष अदालतमा मुद्दा चलाएको थियो ।
आयोगले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको एक करोड १७ लाख १ हजार ७८१ रूपैयाँ ८५ पैसा बिगो मागदाबी गरेको थियो ।
प्रकाशित :२०८० माघ २, मंगलवार १८:३०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%