युनियनको लिडरसिपमा डिलरसिपको प्रभाव

राष्ट्रसेवकहरुलाई र तीनका ब्यबस्थापकहरुलाई लिडरसिप एबं डिलरसिपको केही प्रभाव र त्यसबाट पर्ने परिणामस्वरूप प्रभावलाई केन्द्रित गरेर आजको समिक्षात्मक आलेख सुरु गरेको छु। सामुहिक उदेश्य , उत्प्रेरणा र सामुहिक क्रियाकलापले समुहको हित गर्नु लिडरसिपको कार्य कर्तव्य हो। ब्यक्तिगत फाइदा र ब्यक्तिगत सम्मान पद हासिल गर्न गरिने ब्यापार व्यवसाय डिलरसिप हो। राष्ट्रसेवकहरुलाई लिडरसिप गर्ने सरकारी ब्यबस्थापकीय समूह र युनियनहरु पनि अहिले लिडरसिपभन्दा डिलरसिपको प्रभावमा परेको आभास हुन्छ। ब्यबस्थापकीय नीतिनिर्मातासंग कर्मचारीको हकहितको सम्बन्ध सेतुको कार्य गर्ने जिम्मेवारीमा रहेका सबै ट्रेड युनियनहरु राजनीतिक पृष्ठपोषणको पहिचान प्रवृत्तिले बिभाजित छ्न। एकै बिचार समुहका ट्रेड युनियन भित्रपनि संस्थालाई बैयक्तिक फाइदामा उपयोग गर्नेहरुले र सेवासमुह केन्द्रित, क्षेत्रीयता केन्द्रित गर्नेहरुले  ट्रेड युनियनलाई नकारात्मक प्रभाव पार्न प्रयत्न गर्न सक्छन । यसै मेसोमा प्रकाश सपुतको ” पिर ” को चर्चा बजारमा चल्दा ट्रेड युनियनमा पनि “पिर” भए पनि हाँसीखुसी रहन पर्छ भन्ने मान्यतामा पंक्तिकार पनि अछुतो छैन।

Advertisement 1

मान्छेहरु प्राय: आफ्नै कुरा गर्छन , पंक्तिकार पनि आम मानिसभन्दा फरक नभएर त्यही कोटीको मनुवा भएको भान भएको छ। महाधिवेशन उद्घाटनको ब्यानर खुल्दासम्म आफ्नै भएकाहरुलाई निर्वाचनमा मतदान गर्ने समयसम्म आफ्नैलाई आफ्नै मात्रै बनाइ समेल्न नसक्दा भागशान्तिको स्वादमा सिद्धान्त , कर्म , निष्ठा र बिचारले वैयक्तिक परिणामको जिम्मेवारी मतदाताको सानिध्यताको माया पाउन सकिएन। पदीय जिम्मेवारी बाहेक पनि पेशागत कर्म गर्ने स्थान छन र कर्मको कर्तव्य निर्बाह गर्ने अठोट पनि छ। परिणामस्वरूप द्वेष र दु:खी कत्तीपनि छैन र हुंदिन पनि । तर ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर ट्रेड युनियन हक मानवअधिकारको हक हो र, यो हक जुनैकुनै हालतमा समानता आधारित हुनै पर्दछ भन्ने पृष्ठभुमिबाट लिङ्ग, जातजाति , भुगोल , भाषा, रंग सबै क्षेत्रलाई अपनत्व हुने समान बनाउनु पर्छ भन्नेमा ट्रेड युनियनकर्मी लाग्नै पर्दछ यहि सिकाइ मेरो पनि छ।
दूध पिउन चाहाने तर गाइलाई घाँस , पराल , कुँडो नहाल्ने प्रवृत्ति र घर घरमा बुहारी चाहिन्छ तर छोरी कसैले कहिँ  नजन्माउन भन्ने कामचोर प्रवृत्तिवाला डिलरसिप खोल्ने लिडरसिपका हरुवाहरु, राज्यको दुरुपयोगमा नेतृत्वलाई छलेर लाग्नेहरु  र , संस्थाबाट बहिर्गमन पश्चात् पनि डिलरसिपको रजगज गर्न चाहानेले मतदाताको मनमा मैलो छरेको प्रयत्न र लिष्ट हेर्दा त्यो उत्पादनले दीगो संचालन स्वरुप र दीर्घकालीन सोचलाई बोक्न अर्कोकै खुट्टा प्रयोग गर्लान भन्ने शंकाको सुबिधा मतदाताले पनि राखी राख्न पर्छ। डिलरसिपको प्रभावमा कोहि पनि कहि कहिलै दु:खी नहुनुहोस मेरो बुझाइ यहि हो।

समानान्तर ट्रेड युनियनको संरचनागत बिषय प्रयोग, युनियनबाट आधिकारिकमा प्रतिनिधित्वमा क्षेत्रीयताले ल्याएको पहुँच, दलगत गुटको नेतृत्वले अल्झ्याए बापत नेतृत्वमा आएको विकृतिलाई न्यूनीकरण गर्ने क्षमता र समुचित ब्यबस्थापनको अभाव डिलरसिपबाट उत्पादितहरुसंग  हुन सक्छ यसमा आम पेशागत युनियन आवद्धहरु चनाखो रहेर संस्थागत सहयोगी हुनै पर्दछ।आम ट्रेड युनियनकर्मीको धर्म डिलरसिपवालाको जस्तो हुनु हुन्न। बिगतमा हामिले नेतृत्व गर्न पठाएका आधिकारिक नेतृत्वहरु पहेंलो ट्रेड युनियनसंग मिलेको जस्तै नदेखिए पनि आफ्नो संस्थागत धारणालाई फरक मत नोट गराउन चुकेको इतिहास हामी सामु छ, नमिलेरै मिलेका दखिए। आन्तरिक निर्वाचनमा डिलरसिप बन्न सक्ने तर विपक्षसंगको प्रतिस्पर्धामा हात मोलेर गैह्र बैधानिक पदीय हुने अनि आफ्नो फरक मत आम मतदातासंग लान नसक्नेलाई युनियनले समयमै नचिन्नु पनि डिलरसिपलाई उर्जा भएको पाइन्छ।

Advertisement 2

ट्रेड युनियनको जन्म नै कार्यस्थलमा बढ्दो अपारदर्शीताको माहोल , कामदारको बिग्रदो स्थितिलाई र असन्तोषलाई न्यून गर्न ब्यबस्थापकसंग मुकाबिला गर्न हो । आपसी हितको संरक्षण, सम्बर्द्धन , प्रबर्द्धन र सौदावाजी गर्ने क्षमताको विकास गर्न स्थापित ट्रेड युनियन आजको मौजुदा कर्मचारी प्रशासनको तीन तहको संरचनामा रहे पनि असन्तोषको चपेटामा बेरिएर रहेको छ। तत्कालीन सरकारको समायोजन डिलरसिपमा सहयोगी पहेंलो ट्रेड युनियन संस्कृति र समायोजनमा घाइते बनाइएका अब्बल कर्मचारीको मनोबल समायोजन नीतिले खस्केको छ। एक पटकलाई समायोजन पुनर्बिचार गर्न पाउनु पर्छ र समायोजनका नाममा भएका जबर्जस्तीलाई ट्रेड युनियनको सामुहिक संकल्पले संघीय निजामती सेवा ऐन आउँदा समायोजनले बिछिप्तहरुको पेशागत प्राणमा निजामती कर्मचारी हो भन्ने भर्न पाउन पर्दछ। संघीयता कार्यान्वयनका क्रममा फरक फरक जातबर्णका कर्मचारी उत्पादन, पदस्थापन, समायोजनले खिचडी भएको बिभेदकारी संयन्त्र नीतिलाई संघीय ऐनमा सुझबुझपुर्ण अध्ययनले आम कर्मचारीलाई समानतामैत्री बनाएर ब्यबस्थापन गर्नु पर्नेनै देखिन्छ।

भाषण आन्दोलन जस्ता आवरणले यो ब्यबस्थापकीय बिषय समाधान हुने मार्गमा जादैन। यस्ता गम्भीर बिषयमा बिषयगत बिज्ञहरुलाई सोधेर युनियनको धारणा सरकारलाई दिई न्युनतम नितिगत परिणामका लागि लबिङ गर्नु पर्दछ। डिलरसिप खोल्नेहरु जहिलै संस्थापनको अहितमा र डिलरसिपलाई रजगज एबं फाइदा हुने गरि आन्दोलन लगायतमा उक्साउन सक्छ्न। यसमा हामी ट्रेड युनियनहरु सचेत हुनै पर्दछ। आजको सरकारी ब्यबस्थापक युनियनले आन्दोलन गरेर सुनाउनै पर्ने अबस्थाको छैन, होइन पनि। ब्यबस्थापककोमा गएर युनियनले छाम्न, सुन्न, सुनाउन, मिल्ने ब्यबस्थापक आज छ, त्यसका उपाए पनि छन  ।  तसर्थ कर्मचारी ट्रेड युनियनको संहितामा रहेर सिर्जनात्मक सुझाब , सल्लाह,  सचेतना , धारणा र त्यसको पृष्ठपोषण परिणाममा आउनेगरी विवेकशील भएर सरकार संगसगै संघीय ऐन निर्माणमा लागौ। कसैको ब्यक्तिगत स्वार्थमा, हतारोमा क्यालेन्डर हेरेर ऐन बनाउन लाग्नुभन्दा आम कर्मचारीको हितअनुकूल ऐनलाई बहस गरेर ल्याउँ।

Advertisement 3

अन्त्यमा संसारमानै पर्यटक आउने जाने हुन्छ्न , ट्रेड युनियनमा पनि पर्यटक पर्यवेक्षकहरु महाधिवेशन लगायतमा आउँछन पनि , कोहि रहलान, कोहि नरहलान। तर हामिले आएका सबै पर्यवेक्षकलाई, पर्यटकलाई स्थानीय बनाउन प्रयास गर्नै पर्छ। होम स्टेमा राख्नुस वा आलिसान होटेलमा। प्राप्तिहरु सबै सस्तो हुँदैनन तर प्राप्त गर्नेको व्यवहार सस्तो हुन सक्छ त्यसैले प्राप्तिलाई जोगाउन ट्रेड युनियनलाइ लागेका बाहिरी संघीन आरोपहरुलाई सफा गर्दै हामिले स्थानीय प्रदेश र संघमा रहेका आम कर्मचारीको हकमा समानता एबं समायोजनले पारेको असरलाई एक पटक पुन: ब्यबस्थापन र ट्रेड युनियन अधिकारको सुनिश्चितताका लागि डिलरसिपसंग प्रभावित हुने होइन आफैले लिडरसिप लिएर अध्ययनशील हुनै पर्दछ र समन्वय गर्दै रहनु पर्दछ।  आफू नितिनिर्माणतहमा हुँदा समायोजनमा फरक मत दर्ज गर्न नसक्ने डिलरसिप नेतृत्वतहले युनियनको संस्थागत उन्नयनमा युनियनको सरकारसंगको सम्बन्धलाई चिसो बनाउन गरेको बाहिरी  प्रयत्न आम युनियनकर्मीले बुझ्दै सरकारसंग संघीय ऐनका लागि वार्ता, सम्बाद, सहमति , र आम पिर मर्कामा परेका कर्मचारीको हकहितलाई संरक्षण हुने ऐन ल्याउन चनाखो भएर लाग्नु नै युनियनकर्मीको कर्तव्य हो।

प्रकाशित :२०७८ चैत्र ८, मंगलवार १५:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry