सियारीको १४ औं अधिबेशन शुरु, लिजा र एफआरएमा उत्कृष्ट
रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाको गाँउ सभाको १४ औं अधिबेशन शुरु भएको छ । आईतबार शुरु भएको अधिबेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले चालु आर्थिक बर्षको अर्धवार्षिक समीक्षा पेश गरेका छन् ।अर्धबार्षिक समिक्षा पेश गर्दै अध्यक्ष घिमिरेले सियारीलाई कृषि, पर्यटन र दीगो पुर्वाधारमा योजनाबद्ध रुपमा बिकास गर्दै लैजाने बताएका छन् ।
Advertisement 1
अध्यक्ष घिमिरेले सियारी गाउँपालिकाले बित्तीय जोखिम मुल्याङन (एफआरए) मा रुपन्देहीमा उत्कृष्ट कार्य गरेको बताए । पालिकाले एफआरएमा ७५ दशमलम ५ प्रतिशत अंक ल्याएको छ ।त्यस्तै स्थानिय तह स्वमुल्याङकन (लिजा) मा ८८ दशमलव ५ प्रतिशत ल्याएर रुपन्देहीका गाउँपालिकामा पहिलो बनेको गाउँपालिका अध्यक्ष घिमिरेले जानकारी दिएका छन् । उनले सियारी गाउँपालिकाको सम्पुर्ण राजश्व संकलनको कार्य सुत्रमार्फत हुने गरेको बताए ।
यसले राजश्व चुहावटबाट हुन सक्ने बित्तय जोखिम पनि कम हुदै गएको उनले बताएका छन् । सियारी गाँउपालिकाले चालु आर्थिक बर्षमा सम्झौता भएका ३९ बटा योजना मध्ये प्रथम चौमासिकसम्म ३० बटा योजना सम्पन्न भईसकेको अध्यक्ष घिमिरेले जानकारी दिए । अध्यक्ष घिमिरेले बाँकी रहेका योजनाको काम सम्पन्न गर्न सम्बन्धीत सरोकारवाला लाई निर्देशन दिएका छन् । सियारीमा कृषि, पर्यटन र सिचाईका क्षेत्रमा उल्लेख्य मात्रामा काम भईरहेको बताउदै अध्यक्ष घिमिरेले कृषि क्षेत्रको बिकासका लागि आबश्यक बजेटको प्रबन्ध मिलाएर अगाडि बढ्ने समेत बताएका छन ।