संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षमा अर्याल

दुई दशक पूरानो संस्था संवैधानिक कानुन व्यवसायी मञ्चको अध्यक्षमा अधिवक्ता ओमप्रकाश अर्याल निर्वाचित भएका छन्।

Advertisement 1

निडर,इमानदार कानुन व्यवसायीका रूपमा चिनिएका अर्यालले अधिवक्ताद्धय अनन्तराज लुइँटेल र रूद्र शर्मालाई पराजित गर्दै अर्याल दुई बर्ष कार्यकालका लागि निर्वाचित भएका हुन ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै मुद्दा लडेका अर्यालकै कारण अख्तियारका तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको जागिर गएको थियो । यस्का अलवा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्दा समेत खरो बहस गर्न अधिवक्ता हुन अर्याल । उनी डेढ दशकदेखि न्याय र सुशासनका लागि कानुनी लडाई लडिरहेका छन् ।

Advertisement 2

मञ्चको महासचिवमा लीलाधर उपाध्याय सर्वसम्मत भएका छन्।

यस्तै, उपाध्यक्षमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा रोशन पोखरेल चयन भए। कार्यसमिति सदस्यमा दिनेश त्रिपाठी, अमरबहादुर राउत, रोशनी पौड्याल र पवन जयसवाल निर्वाचित भएका छन्।

प्रकाशित :२०८० पुष २८, शनिबार ०९:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry