प्रधानन्यायाधीशले डाकेको फूलकोर्ट बहिष्कार गर्ने १४ न्यायाधीशहरुको निर्णय

सर्वोच्च अदालतका बहुमत न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदबाट राजीनामा दिनुपर्ने निष्कर्श निकालेका छन् ।
केही बेर अघि बैठकमा जुटेका १४ न्यायधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले भोलिका लागि बोलाएको फूलकोर्ट बैठक बहिष्कार गर्ने भएका छन् । प्रधानन्यायाधीशइतर १४ जना न्यायाधीशको अपरान्ह बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

Advertisement 1

आजको बैठकमा न्यायधीशहरु ईश्वर खतिवडा, सपना प्रधान मल्ल, कुमार चुडाल,अनिल सिन्हा,तेजबहादुर केसी अनुपस्थित थिए । उनीहरु बाहेक सहभागी बैठकले प्रधानन्यायाधीश राणाले भोलि साढे १ बजे डाकेको फूलकोर्टको बैठक बहिष्कार गर्ने निष्कर्ष निकालेका हुन् ।
आजको बैठकमा सत्तामा प्रधानन्यायाधीशले मागेको भागबण्डा, न्यायिक नेतृत्वको आर्थिक अपारदर्शिता र पेशी तोक्ने प्रक्रिया लगायतका विषयमा छलफल भएको बताइएको छ ।

प्रकाशित :२०७८ कार्तिक ७, आईतवार १७:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry