ग्रील तथा स्टील ब्यवसायी सघको तेस्रो अधिवेशन सम्पन्न,सुनिल अमात्य अध्यक्ष

काठमाडौ महानगरपालिकाका उपप्रमुख सुनिता डगोलको प्रमुख आतिथ्यतामा ग्रील तथा स्टील ब्यवसायी सघ काठमाडौको सातौ साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ । अधिवेशनबाट सुनिल अमात्यको अध्यक्षतामा २९ नया कार्यसमिती चयन गरेको हो ।

Advertisement 1

जस्को वरिष्ठ उपाध्यक्षमा अनिल कुमार श्रेष्ठ , प्रथम उपाध्यक्षमा राजुलाल श्रेष्ठ , दितिय उपाध्यक्षमा रोहित श्रेष्ठ तृतीय उपाध्यक्षमा भरत लामिछाने , उपाध्यक्ष रामप्रमोद ठाकुर , राजेश श्रेष्ठ , जुद्द बहादुर चन्द ,पुर्ण माया सारु महासचिवमा पशुपति श्रेष्ठ , सचिबमा हरि लामिछाने , दिनेश बसिस्ठ , तोकबहादुर गहतराज , कोसाध्यक्ष् नवराज पनेरु , सहसचिब गोपाल कार्की लगायत सदस्यहरुमा कर्ण ब. श्रेष्ठ , हरिभक्त श्रेष्ठ , ठमनाथ न्यौपाने , बुद तामाङ, दिनेश कुमार दाहाल , हाकु बहादुर श्रेष्ठ , शिबलाल श्रेष्ठ , शर्मिला कार्की रिमाल , उत्तम श्रेष्ठ , गगा बहादुर श्रेष्ठ , सिताराम बिक , भमान रोइला , बिमल श्रेष्ठ र गणेश थामी निर्वाचित भएका छन।

Advertisement 2

अधिबेशनको उदघाटन गर्दै का.म . पा. का उपप्रमुख सुनिता डगोलले महनगरपालिका भित्र सन्चालित ग्रील उध्योगको यकिन डाटा नहुदा ब्यवसाय अव्यवस्थित भएकाछन भने महानगरपालिकाले पाउनु पर्ने राजस्व समेत गुमेको हुनाले सबै ग्रील ब्यवसायलाइ सहज किसिमले दर्ता गराइ बैधानिकता प्रदान गर्न महनगरपालिकाले सहयोग गर्ने बताइन । कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवालले सरकारको झन्झटिलो प्रकृयाको कारण ब्यवसायिले चाहेर पनि दर्ता गर्न नसकेको बताउदै सबै अबैध ग्रील ब्यवसायिलाइ कानुनि दायरामा ल्याएर ब्यवस्थीत गर्नु पर्नेमा महानगरपालिकाले विशेष भुमिका निर्वाह गर्नु पर्ने बताउनु हुँदै कोभिड , डेङुबाट नराम्रो सग थला परेको ग्रील ब्यवसाय हालको आर्थिक मन्दि र चर्को बैक ब्याजको कारण सकटमा परि बन्द हुने अवस्थामा पुगेको हुदा सरकारले तत्कालै राहतको कार्यक्रम ल्याउनु पर्ने बताएका थिए। कार्यक्रममा सभापति काठमाडौ जिल्ला अध्यक्ष यज्ञ दास श्रेस्ठले भारत तथा तेस्रो देशबाट आएका अबैध ग्रील ब्यवसायीका कारण बैधानिक स्थापित ग्रील ब्यवसायीहरु धरासायी बन्दै गएको हुनाले त्यस्ता ब्यवसायिलाई कानुनी दायरामा ल्याइ ब्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

अधिबेशनमा उत्कृष्ट काम गर्ने ब्यवसायिहरु इकाइ समितिहरु क्षेत्रीय समितिहरु बिज्ञापन दाताहरुलाइ सम्मान पत्र , कदर पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

प्रकाशित :२०७९ फाल्गुन १०, बुधबार १५:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry