निजामती ऐन सुझावभन्दा फरक आए ऐन च्यातेर सिंहदरबारको गेटमा तालाबन्दी गर्छौँः अध्यक्ष कोइराला

निजामती ऐन आफूहरूको सुझावभन्दा फरक आए ऐन च्यातेर सिंहदरबारको गेटमा तालाबन्दी गर्ने नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले बताएका छन्।

Advertisement 1

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कोइरालाले सुझावभन्दा फरक आए ऐन च्यातेर सिंहदरबारको गेटमा तालाबन्दी गर्ने चेतावनी दिएका हुन्। सङ्घीय निजामती सेवा ऐन जारी हुन ढिलाइ हुँदा प्रशासनिक सङ्घीयता कमजोर भई सरकारी सेवा प्रवाहलगायतका काम प्रभावकारी हुन सकेका छैनन्। प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको भविष्य अन्योल भएकाले कर्मचारीहरूले ऐन छिटो जारी गर्नुपर्ने उनको माग छ ।

स्थानीय तह, संघ र प्रदेशका कर्मचारीको समस्यासँग आफू नजिक भएकाले कर्मचारीमैत्री निजामती ऐन ल्याउन आफूहरूले कुनै कसर बाँकी नराख्ने अध्यक्ष कोइरालाको भनाइ थियो। साथै निजामतीको ७० प्रतिशत विकृति सरुवा भएको भन्दै उनले स्वचालित र वैज्ञानिक हुनुपर्नेमा जोड दिए। निजामती ऐनमा बहालवाला मात्र नभएर अवकाश प्राप्त कर्मचारीलाई समेत निःशुल्क स्वास्थ्य उपचार र हेल्थ क्लबको व्यवस्था गर्न आफूहरूले सुझाव दिएको उनले बताए।

Advertisement 2

 

प्रकाशित :२०८० पुष २७, शुक्रबार १६:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry