सशस्त्र प्रहरीद्वारा साढे ४ लाखको सामान बरामद

सशस्त्र प्रहरी बलले साढे ४ लाख भन्दा बढीको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेडक्वाटर कपिलवस्तु द्वारा ४ लाख ४८ हजार ४ सय बराबरको सामान बरामद गरेको हो।

Advertisement 1

कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.-१ कुकुरभुकुवा स्थित भारतबाट अबैध रुपमा भन्सार छली गरेर नेपालतर्फ ल्याउँदै गरेको सामान बरामद गरेको छ । तीन लाख तिस हजार बराबरको लिथियम आयोन ब्याट्री तीन थान र एक लाख अठारा हजार चार सय चालिस बराबरको कपडा कृष्णनगरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिव्यराज कोईरालाको कमाण्डमा खटिएको ७ जनाको टोलीले बरामद गरेको हो ।उक्त सामान कृष्णनगर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक जीवन केसीले बताएका छन्।

प्रकाशित :२०८० पुष २२, आईतवार १९:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry