डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

अछाम। अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा २ जना बेपत्ता भएका छन्।
Advertisement 1
बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका–३ बल्दे का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा रहेको छ। वैशाख ३ गते बेलुकाको समयमा कर्णालीपारि सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर ल्याउने क्रममा कर्णाली नदीमा एक्कासि डुङ्गा पल्टिँदा डुङ्गा चालक बुबा र सवार छोरा बेपत्ता भएका हुन्।
बेपत्ताको खोजीकार्यको लागि अस्थायी प्रहरी सुरक्षा बेस माथिल्लो कर्णाली, प्रहरीचौकी भैरवस्थान, ढुङ्गाचाल्ना, ढकारीबाट टोली खटिएको र सशस्त्र प्रहरीको विपद् उद्धार तालिमप्राप्त टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाले जानकारी दिए।
–––
प्रकाशित :२०८३ बैशाख ४, शुक्रबार १३:२६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%

















