२५ हजार घुस माग्ने सव इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 

Advertisement 1

भवन निर्माण सम्पन्न भएको प्रमाण पत्र दिँदा २५ हजार घुस मागेको आरोपमा सब इञ्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । भवन निर्माण सम्पन्नको प्रमाण पत्र दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले पक्राउ गरेको सब इञ्जिनियर विजयादेवी पन्तविरुद्ध आजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
पन्त काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ को कार्यालय नयाँ नैकापमा कार्यरत असिस्टेन्ट सव इन्जिनियरको रुपमा कार्यरत थिइन ।

आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

Advertisement 2

 

 

प्रकाशित :२०८० पुष २२, आईतवार १३:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry