मन्त्रीका पिएले गाडी नपाउँदा सह सचिवको सरुवा
नवनियुक्त मन्त्रीको पीएलाई गाडी दिन इन्कार गर्दा एक सह सचिव दण्डित भएका छन् ।
उनलाई एकाध घण्टामै मन्त्रालयबाट लखेटिएको छ ।
यसरी लखेटाईका पर्ने सह सचिव हुन् चक्रवर्ती कण्ठ ।
र सह सचिवलाई लखेट्ने मन्त्री हुन् प्रभु साह ।
प्रभु तिनै पात्र हुन्,जो गत १० पुसमा दिउँसोसम्म प्रचण्ड माधव नेपाल समूहसँगै सडक आन्दोलनमा थिए ।
आन्दोलनकै क्रममा तारान्तार मोवाइलको घण्टी बज्यो । एउटै मोर्चामा रहेर आन्दोलनमा होमिएका जनार्दन शर्माले सटारो हानें, वालुवाटारबाट मन्त्री बन्ने अफर हो कि क्या हो ?
त्यहीबाट मोवाइल अफ गरेर गायब भएका उनी आफ्नो समूहका नेतालाई चकित खुवाउँदै चार घण्टा पछि नै शहरी विकास मन्त्रीको शपथ लिइरहेका थिए ।
शुक्रवार मन्त्रीको शपथ लिएर आइतबार सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा हाजिर भएका उनले आफ्नो पिएलाई गाडी उपलव्ध नगराएको झोंकमा सह सचिवको सरुवा गरेका हुन् ।
मंगलबारको घटना हो यो, मन्त्री साहका पीएले रौतहटमा जानका लागि सहरी विकास तथा भवन निर्माण विभागमा गाडी माग गरे ।
त्यहाँका हाकिम मणिराम गेलाल हालै सचिव बढूवा भएपछि प्रमुख विहिन छ । र,पदम मैनाली डिजी हुने लाइनमा छन् ।
चक्रवर्ती चाहिँ विभागको योजना महाशाखाका हाकिम हुन् ।
उनले गाडी दिन नसकिने बताए । कारण सुनाए, विभागले हालै मात्र नयाँ गाडी मन्त्री कृष्णगोपाल श्रेष्ठलाई दिइसकेको ।
त्यही गाडी नपाएको झोंकमा कन्ठलाई विभागबाट लखेटेर भाइकाजी तिवारी हाकिम रहेको उपत्यका विकास प्राधिकरणमा गराएका छन् ।
मन्त्रालय र विभाग स्रोतले उनको सरुवा गराएको पृष्टि गरेको छ ।
बुधबारदेखि नै उनी उपत्यका विकास प्राधिकरणमा हाजिर भइसकेका छन् ।
यद्यपि यो बिषयमा कन्ठले मुख खोल्न चाहेनन् । कर्मचारीले पटक पटक सम्पर्क प्रयास गर्दा सम्पर्कमा आउन चाहेनन् ।