अन्तरराष्ट्रिय आमन्त्रित रनिङ शिल्ड भलिबल यसै महिना

काठमाडौं। मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको मदन भण्डारी कप अन्तरराष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता यही असोज १२ देखि १७ गतेसम्म बुटवलमा हुने भएको छ।
प्रतियोगितामा स्वदेशी र विदेशी गरी आठ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए।
छ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा स्वदेशी टिममा नेपाल पुलिस क्लब, नेपाल एपिएप क्लब, मणिमुकुन्द भलिबल क्लब, सभापोखरी भलिबल क्लब (सङ्खुवासभा) र गल्कोट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। जसमा प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् र सेमिफाइनलमा पुग्ने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेता टोलीलाई रनिङ¬ शिल्डसहित रु ७ लाख तथा उपविजेतालाई रु ३ लाख ५० हजार प्रदान गर्ने आयोजकको भनाइ छ।
त्यसैगरी, प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रु १ लाख ७५ हजार प्राप्त गर्नेछ। यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु १५ हजार, व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु ८ हजार नगदसहित सम्मान गरिनेछ।
प्रत्येक खेलको प्लेयर अफ द म्याच घोषित हुने खेलाडीले जनही रु ५ हजार प्राप्त गर्नेछन्। उक्त प्रतियोगिता सञ्चालन गर्न करिब रु १ करोड ५३ लाख ४४ हजार ९०० खर्च हुनेले आयोजकको भनाइ छ।
प्रकाशित :२०८३ आश्विन ७, बुधबार १६:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम