मुख्यसचिव र स्वास्थ्य सचिवलाई बोलाएर प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडविरुद्धको खोप केन्द्रलाई व्यवस्थित गर्न र खोप केन्द्रको संख्या थप गर्न निर्देशन दिएका छन्।

Advertisement 1

खोप केन्द्रमा लामो लाइन देखिएको भन्दै प्रधानमन्त्री देउवाले आवश्यकता अनुसार केन्द्रहरु बढाउन मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई निर्देशन दिएका हुन्।

खोप केन्द्रमा लामो लाइन देखिएकाले आवस्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु, प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्।

Advertisement 2

कोभिडविरुद्धको खोप लगाउन खोप केन्द्रमा धेरै भीड बढेपछि सर्वसाधारणले समेत गुनासो गर्दै आएका छन्। भीड र अव्यवस्थित लाइनका कारण खोप केन्द्रबाट नै कोरोना सर्ने डर रहेको भन्दै व्यवस्थित गर्न माग गरिएको थियो।

प्रकाशित :२०७८ श्रावण १, शुक्रबार १८:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry