प्रहरीको रगतले जोगीयो सुत्केरी लक्ष्मीको ज्यान !

जिल्ला अस्पताल दार्चुलामा सुत्केरी भई अत्याधिक रगत बगेर शरिरमा रगत अभाव भएकी एक महिलालाई जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवानले रगत दिएर ज्यान बचाएका छन्।
Advertisement 1
जिल्लाको मालिकार्जुन गाउँपालिका–६ उकु बस्ने विक्रम थापाकी श्रीमती २७ वर्षिय लक्ष्मी थापालाई प्रहरी जवान गणेश बहादुर मल्लले एक पिन्ट (ओ पोजेटिभ) रगत दान गरेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । सुत्केरी भई अत्याधिक रगत बगेर रगतको आवश्यकता परेपछि प्रहरी जवान मल्लले रगतदान गरेको अस्पतालले जनाएको छ । अस्पताल परिसरमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) भएपनि प्रायः रगतको अभाव हुने गरेको पाइन्छ । उपचारार्थ आकस्मिक कक्ष र प्रसुति कक्षमा भर्ना भएका बिरामी रगतका लागि छट्पटाउँने गरेको भएपनि आवश्यक परेको बेला रगत अभाव हुने गरेको छ ।
रगत आवश्यक पर्दा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलाई फोन गर्नु पर्ने अवस्था जहिले पनि रहदै आएको अस्पतालले जनाइएको छ । यसरी रगत अभावका बेला सहज ढङ्गले सेना र प्रहरी आएर रगत दिन थाले पछि रक्त सञ्चार केन्द्र अहिले सेना र प्रहरीकै भरमा चलेको छ । भनेको समयमा अन्य नागरिकले रक्तदान गर्न नमान्दा केही समस्या सिर्जना हुने गरेको चिकित्सकहरुले बताएका छन् । आम नागरिकहरुमा रगतदान गर्दा केहि फरक पर्दैन भन्ने कुराको ज्ञान नहुँदा रक्त संचार केन्द्रमा रगत अभाव हुने गरेको छ ।
Advertisement 2