गोसाइँकुण्डमा एमालेको घोषणापत्र : केबलकार निर्माणदेखि पाँच वर्षमा २ हजारलाई रोजगारसम्म

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि राजनीतिक दलदेखि उम्मेद्धारहरुले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिरहेका छन् । यसैबीच ५ वटा गाउँपालिका रहेको हिमाली जिल्ला रसुवाको गोसाइकुण्ड गाउँपालिकाबाट एमाले गाउँपालिका अध्यक्षमा कैसाङनुर्पु तामाङ उठाएको छ। यस्तै उपाध्यक्षमा प्रतिमा तामाङलाई उठाएको छ । उनीहरुले हिजो आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । जहाँ निशुल्क शिक्ष, खानेपानी तथा सरसफाई, पर्यटन प्रबद्र्धन तथा पर्यटन पूर्वाधार, जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका, अशक्त र पछाडि परेका वर्ग तथा समुदायको उत्थान तथा सामाजिक सुरक्षासडक तथा यातायात विकास गरिने प्रतिवद्धता पत्रमा सार्वजनिक गरेको छ।
शिक्षा क्षेत्रमा हालको शिक्षा नितिलाई समय सापेक्ष परिमार्जन गरी बैज्ञानिक तथा प्राबिधिक शिक्षाको
लागि स्थानीय, प्रादेशिक तथा संङ्घीय स्तर सम्मै सहकार्य, अभियान तथा कार्यान्वयनमा अगुवाई गर्ने, पालिका भित्र बिद्यालय जाने उमेर पुगेका सबै बालबालिकालाई समयमा तथा निशुल्क बिद्यालय भर्ना हुने तथा नियमित बिद्यलायमा पठनपाठन गर्न उपयुक्त बातावरण तयार गरिने, आफनै मातृभाषा तथा स्थानीय पाठयक्रमको बिकास गरि सिकाईमा सहजता ल्याउन आवश्यकताको आधारमा निति, निर्देशिका निर्माण, परिमार्जन तथा दक्ष जनशक्ति एवम्
श्रोतको ब्यवस्थापन गर्ने पालिका भित्रका सम्पूर्ण बिद्यार्थीहरुका लागि प्रत्येक वडा स्तरमा भएका बिद्यालय संरचना
तथा ब्यवस्थापकीय पक्षलाई सुधार तथा बिषयगत दक्ष शिक्षकको ब्यवस्था सहित गुणस्तरिय निशुल्क शिक्षा प्रदान गरिनेछ । जसका लागि निशुल्क शिक्षा कार्यबिधि निर्माण गर्ने, पालिका भित्र आवसिय बिद्यालयको रुपमा संचालन गरिने, प्रत्येक वडाहरुमा बिषयगत प्राविधिक शिक्षालय संचालन गरिने, चिकित्सा क्षेत्र (एमबिबिएस) तथा ईन्जिनियरिङ अध्ययनको लागि पूर्ण छात्रबृद्धि प्रदान गरिने, बिद्यार्थी संख्याको आधारमा बिद्यलायको दुरी तथा बिद्यालयको भौतिक संरचना निर्माण
पुनःनिर्माण गरिने, बिद्यालयमा छात्रछात्राहरुको लागि अलगअलग शौचालय तथा पूर्ण सरसफाईको ब्यवस्था सहित छात्रा बिद्यार्थीहरुको लागि निशुल्क स्यानीटरी प्याडको ब्यवस्था गरिने, प्रौढ तथा खुल्ला एवम् बैकल्पिक शिक्षाको अवधारणगत रुपमा बिकास गरि सिकाई कृयाकलापलाई निरन्तरता दिन सहयोग गर्ने, सामुदायिक सिकाई, छलफल चौतारी, रिफलेक्ट कक्षा मार्फत समुदाय तहमा स्थानीय सरकार संचालन, निति नियम, प्रणाली तथा अन्य दैनिक उपयागी ज्ञान प्रदान गर्न श्रोत तथा साधानको ब्यवस्था गरिने, आवश्यकताको आधारमा नया बिद्यालय निर्माण, आवश्यक शैक्षिक सामाग्री ब्यवस्थापन,इ लाईब्रेरी, खेल मैदान, बिद्यार्थी अनुपातमा दक्ष शिक्षक ब्यवस्थापन तथा अन्य ब्यवस्थापन
गर्ने, बिद्यालय ब्यवस्थापनमा अभिभावक तथा ब्यवस्थापन समितिलाई जवाफदेही बनाउन बिषेश कार्यक्रम तथा पहल गर्ने, अनौपचारिक शिक्षा कार्यक्रम शिशु स्याहार केन्द्र तथा प्राराम्भिक बाल बिकास केन्द्रहरु संचालन र ब्यवस्था पन गर्ने, सामुदायिक पुस्तकालयको स्थापना तथा ब्यवस्थापन गर्ने जस्ता उल्लेख गरिएको छ ।

Advertisement 1

स्वस्थ्य क्षेत्रमा सुबिधा सम्पन्न तथा दक्ष जनशक्ति सहितको संरचना निर्माण, पहुँच नभएका समुदायहरुको लागि स्वस्थ्यमा पहुँच पु¥याउने , गाँउघर क्लिनिक, तथा अन्य बिभिन्न शिविरहरु संचालन गर्ने, आर्थिक बिपन्नता कारण स्वस्थ्य सेवाबाट बञ्चितमा रहेका नागरिकलाई स्वस्थ्य सहयता कोषको स्थापना गरि स्वस्थ्य सेवा पु¥याउने, आर्थिक बिपन्नका कारणले स्वस्थ्य सेवामा समस्यामा परेका पालिकाबासीहरुलाई बिधिन्न स्वस्थ्य संस्थाहरु संगको सहकार्यमा स्वस्थ्य उपचार प्रकृति हेरी सेवा शुल्कमा धेरै भन्दा धेरै सहुलियत प्रदान गर्न बिषेश पहल गर्ने, नागरिक स्तरमा चेतना अभिबृद्धि गराउदै बर्थिङ सेन्टरहरुको स्तर बृद्धि गर्ने, भएको स्वास्थ्य संस्थाहरुको स्तर बृद्धि गर्दै कम्तिमा पनि ५ बेडको सुबिधा सम्पन्न
अस्पताल निमाण गर्ने, दक्ष स्वास्थ्यकर्मी सहित सुविधायुक्त एम्बुलेन्स संचालन गर्ने, पालिका भित्रका सम्पूर्ण नागरिकहरुको लागि निःशुल्क स्वस्थ्य बिमा अवलम्बन गर्ने । स्वस्थ जीवनयापन अबलम्बन गर्न आयुर्वेदिक, युनानी, आम्ची, योग शिबिर, ब्यायम सेन्टर तथा प्राकृतिक चिकित्सा पद्धतिको बिकास गर्ने । दिर्घारोगी तथा जेष्ठ नागरिककोलागि निःशुल्क नियमित स्वस्थ्य परिक्षण सहित निःशुल्क अतिआवश्यक औषधी बितरण गर्ने । ६० बर्ष पुगेका महिला स्वस्थ्य स्वायम सेविकाहरुलाई उचित सम्मान तथा सुविधा सहित सेवा निबृक्त गराउने आफनै मातृभाषा तथा स्थानीय पाठयक्रमको बिकास गरि सिकाईमा सहजता ल्याउन आवश्यकताको आधारमा निति, निर्देशिका निर्माण, परिमार्जन तथा दक्ष जनशक्ति एवम्श्रोतको ब्यवस्थापन गर्नेछ ।

ृकृषि तथा पशुपंक्षी क्षेत्रमा सामुहिक कृषि प्रणालीको बिकास तथा बिस्तार गर्दै रोजगारी सृजना गर्ने, उत्पादिन कृषि तथा पशुजन्य बस्तुको बजारीकरणको लागि कृषि उपज केन्द्रहरुको स्थापना तथा जनघनत्व भएको क्षेत्रहरुमा हप्ताको एक पटक हाट बजारको स्थापना गर्ने, कृषि ब्यवसायलाई आधुनिकीकरण गर्न मदत गर्ने, कृषिमा युवाहरुको आर्कषणलाई केन्द्रमा राखेर युवा लक्षित कार्यक्रमहरु संचालन गर्ने, कृषि कर्जा तथा साहुलियत ऋणको लागि पालिका भित्र रहेको बेंकहरु संग सहजीकरण तथा पालिका जमानीमा रहि सरल कर्जा प्रबाहमा अग्रणी भुमिका निर्बाह गर्ने, पशुको क्षेत्रगत महत्वलाई ध्यानमा राखी ब्लक, जोन तथा सुपर जोनको रुपमा बिकास गरि आवश्यक अनुदान, प्राबिधिक तथा आर्थिक सहायत प्रदान गर्ने, सुरक्षित तथा ब्यवस्थित बाधशाला मार्फत स्वस्थकर मासुको उत्पादन गर्ने, पशु तथा कृषि बिमामा सत प्रतिशत अनुदान सहयोग गर्ने, प्राङगरिक खेतीमा प्रोत्साहन गर्ने तथा निजि क्षेत्रहरु संगको सहकार्यमा कम्पोष्ट
मल उद्योग स्थापना गर्ने, वडा नं ५ को ब्रबाल तथा वडा नं. ६को नागुङ क्षेत्रलाई स्याउको पटेक क्षेत्र निर्धारण
गरि उचित रुपमा लेबलिङ तथा ब्राण्डिङ गरि बजारीकरणमा सहजिकरण गर्ने, वडा नं. ३ को लिङलिङ तथा वडा नं. ५ को स्याफ्रुलाई कागति हवको रुपमा बिकास गरि गुणस्तर कायम गर्दै लेबलिङ तथा ब्राण्डिङ गर्दै अन्तराष्ट्रिय बजार क्षेहरु सम्म पु¥याउने, वडा नं.को थुमनमा उत्पादिन रातो मार्सी चामललाई उत्पादनमा बृद्धि गर्दै बिश्व वडा नं. ३ लाङटाङ क्षेत्रमा च्याङग्रा पालन ब्यवसायलाई प्रोत्साहन गर्दै पस्मिना तथा मासु उत्पादन गरि रोजगारी तथा आय स्तर बृद्धि गर्ने, हिमाली क्षेत्रहरुमा उत्पादन भएका कृषि तथा पशूजन्य बस्तुहरुको उत्पादनमा सहयोग पु¥याउदै रसुवाली कोसेलीको रुपमा बिकास गर्ने, पालिका भित्र कम्तिमा पनि एक वटा शित भण्डार केन्द्र स्थापना गर्ने, एक घर एक करेसाबारीको रुपमा बिकास गर्दे स्वस्थकर हरियो तरकारी सेवनमा प्रोत्साहन गर्ने, कृषि सडक तथा ढुवानीको बिकल्प नभएको क्षेत्रहरुमा उत्पादित कृषि पशुपंक्षीजन्य बस्तुको बजार क्षेत्र सम्म पहुँच बृद्धि गर्न आधुनिक रोप वे को निर्माण गर्ने, कृषि बीउ बैंक, फलफुल बगैचाको स्थापना गर्ने, चरन क्षेहरुको संरक्षण तथा ब्यवस्थापन गर्ने, घुम्ती गोठको रुपमा पशुपालक कृषक, पशुब्यवसायीहरुको ब्यवसाय सुधारको लागि संगठित संगै संस्थागत बिकास आवश्यक सहयोग गर्ने उल्लेख गरिएको छ ।

Advertisement 2

पर्यटन प्रबद्र्धन तथा पर्यटन पूर्वाधारका लागि पर्यटन प्रर्बद्धन क्षेत्रहरुको पहिचान तथा प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटन भित्रयाउदै आय स्तर बृद्धि गर्ने, थुमन, बृद्धिम, टिमुरे, स्याफ्रु, भार्खु तथा धुन्चे क्षेत्रहरुको सम्भावित क्षेत्रहरुलाई कृषि पर्यटन मार्फत पर्यटक भित्राउने, पर्यटन प्रबद्र्धको लागि घरवास (होमस्टे) मोडललाई ब्यापक रुपमा अघि बढाउदै बृद्धिम, थुमन तथा अन्य स्थानहरुको ब्यवस्थापनमा थप सहयोग प्रदान गर्ने, स्याफ्रु, टिमुरे तथा धुन्चे क्षेत्रहरुलाई जलबिद्युत पर्यटन हवको रुपमा बिकास गर्ने, तामाङ पदमार्गलाई पुनःनिर्माण गर्दै थप बिकास गर्ने, लाङटाङ तथा गोसाईकुण्ड पदमार्गको स्तर उन्नति गर्दै ब्यवस्थापन गर्ने, धार्मिक तथा साँस्कृतिक पर्यटन क्षेत्रहरुको पहिचान गराउदै त्यसको बिकास गर्ने, गोसाईकुण्डलाई धार्मिक, साँस्कृतिक, प्राकृतिक पर्यटनलाई थप बिकास गर्न बृहत्तर गुरु योजना निर्माण गरि कार्यान्वयन गर्ने, गोसाइकुण्ड क्षेत्रलाई पर्यटनको चाप तथा सुविधाको लागि सुबिधा सम्पन्न होटल तथा
लजहरुको संख्या बृद्धिमा पहलीकदम गर्ने, मिनी गोसाइकुण्डको बृहत्तर बिकासका लागि योजना निर्माण र कार्यान्वयन गर्ने , वडा नं. ६ को दुप्चेश्वर (मेन्चु) खोदोलको तिम्न्यु ङार, थुमनको.सरस्वतीकुण्ड, टिमुरेका दुधकुण्ड, तथा अन्य सम्भावित क्षेत्रहरुको प्रचार प्रसार तथा भौतिक संरचनाको बिकास गरि पर्यटन प्रर्बद्धन गर्ने, धुन्चेमा रहेको तामाङ संग्रहालय, रेडपाण्डा पार्क (घलेदरबार), थप बिकास तथा ब्यवस्थापन गर्ने, थुमन–नागथली पर्यटन पदमार्ग निर्माण, तथा तारुक्षे भ्युटावर निर्माण गरिनेछ, पालिकाको गौरव तथा महत्वको धुन्चे–गोसाईकुण्ड केवरकारको बाकी कार्य सम्पन्न गरिनेछ । हाल निर्माण लागि डिपिआर निर्माण तथा नितिगत बाधा अपठ्यारो बिषगत समस्या समाधान एवम् अन्य ब्वस्थापकिय कार्यहरु सम्पन्न भईसकेको कारण भौतिक संरचना मात्र निर्माण हुन बाकी रहेको हुदा भौतिक संरचना निर्माण सम्पन्न गरिनेछ, सम्भावित क्षेत्रहरुमा जिपफ्लायर तथा पर्यटन साहसी खेलहरुको पहिचान तथा त्यसको
ब्यवस्थापन गरिनेछ ।

प्रकाशित :२०७९ बैशाख २५, आईतवार १५:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry