चोरीपैठारीको समान र मोटरसाईकल नियन्त्रणमा

रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित भन्सार ईलाकाबाट १ लाख ४१ हजार ३ सय रुपैयाँ बराबरको किराना सामान, लत्ताकपडा र हार्डवयरका सामानसहित एउटा मोटरसाईकल असार ४ गते सशस्त्र प्रहरीले नियन्यन्त्रणमा लिएको छ ।
बिआर ३० डि ४८७७ नम्बरको मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सामान प्रस्तावित सीमा सुरक्षा गुल्म गौर (विओपी गौर) ले नियन्त्रणमा लिईएको हो ।
बरामद सामान तथा मोटरसाईकल गौर भन्सार कार्यालयमा बुझाईएको छ ।
प्रकाशित :२०८० असार ६, बुधबार १८:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry