सामान्य प्रशासन मन्त्री बन्ने भए अमनलाल मोदी,यस्तो छ उनको पृष्ठभूमि
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय माओवादी केन्द्रको भागमा पर्ने भएको छ । नेकपा माओवादी केन्द्रले सरकारमा जाने ३ नयाँ मन्त्रीको नाम टुंग्याएको छ ।
Advertisement 1
मन्त्रिपरिषद् विस्तार गरिँदा माओवादीको भागमा ४ मन्त्रालय परेको छ । यस अघि नै नारायणकाजी श्रेष्ठले उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रालय कमाण्ड गरिरहेका छन् ।
माओवादीको भागमा सञ्चार तथा सूचना प्रविधि,संष्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परेको छ ।
माओवादी केन्द्रबाट सूचना तथा सञ्चार प्रविधि मन्त्रीमा रेखा शर्मा,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सुदन किराँती राई र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा अमनलाल मोदी नियुक्त हुन लागेका हुन ।
मोदी एउटा थारूको छोरा, जसले गिरिजाप्रसादको छत्रछायाँबाट राजनीतिमा ब्रेक’ पाएका कांग्रेसका हेभिवेट पूर्वअर्थमन्त्री महेश आचार्यलाई पछारे दोस्रो पटक सांसद बन्न सफल भएका थिए । गत मंसिरमा सम्पन्न संघीय निर्वाचनमा मोरङको ४ बाट मोदीले एमालेका नेता विनोद ढकाल चुनावमा हराएर निर्वाचित भएका थिए ।
मोरङको बूढीगंगा गाउँपालिका–६ का स्थायी बासिन्दा अमनलाल मोदीको राजनीतिक यात्रा भने एमालेबाट प्रारम्भ भएको हो । ०५३ सालमै नेकपा माओवादी बने र ०५६ सालमा अखिल क्रान्तिकारीको इकाइ सदस्य हुँदै मोरङ जिल्ला अध्यक्षसमेत बनेर काम गरेका उनी ०५८ सालमा थारू राष्ट्रिय मुक्तिमोर्चाको जिल्ला सदस्य थिए ।