नेपाल बैंकमा ७० करोडको अर्काे काण्ड,छानबिनमा तानिए सिइओ अधिकारी
सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ७० करोडको अर्काे काण्डमा मुछिएका छन् । बजार मूल्यभन्दा दोब्बरमा सातौं गुणा महगो मूल्यमा कोर बैंकिङ प्रणाली सम्बन्धी सफ्टवेयर खरिद प्रक्रिया अघि बढाएपछि यस्मा अर्थ मन्त्रालयमा परेको उजुरी अख्तियारमा पुगेर छानबिन प्रक्रिया अघि बढेसँगै सिइओ कृष्ण बहादुर अधिकारी तनावमा परेका हुन ।
Advertisement 1
बैंकले गत पुसमा अगाडि बढाएको खरिद प्रक्रियामा अनियमितताको गन्ध भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टीकरण सोधी कागजात मगाएर अनुसन्धान अघि बढाएको जनाइएको छ ।
यो प्रकरणमा बैंकका अध्यक्ष र सिइओ मुछिएका बैंक स्रोतले जनाएको छ । सफ्टवेयर खरिद काण्डमा घोटला र अनियमितता भएको भन्दै बैंकका सिईओ र र अध्यक्ष नै अख्तियारको छानबिनको दायरामा परेका छन् । बैंकका सिइओ कृष्ण बहादुर अधिकारी र अध्यक्ष गंगा प्रसाद ज्ञवालीले सेटिङमा कोर बैंकिङ सफ्टवयर जडान प्रक्रियामा अनियमितता भेटिएसँगै अख्तियारले यसमा चासो दिएको बुझिएको छ ।
Advertisement 2
सफ्टवेयर खरिद प्रक्रियामा अनियमितता भएको भन्दै अर्थमन्त्रालयलाई गुहारिएकोमा त्यहाँबाट फाइल अख्तियार पठाइसकेको छ ।अख्तियारले २५ असार, २०८० मा यसबारे अनुसन्धान गर्ने निर्णय गरेर नेपाल बैंक लिमिटेडको केन्द्रीय कार्यालयमा पत्र लेखेर कोर बैंकिङ प्रणाली खरिदको औचित्य पुष्टि हुने कारण र आधारसहित राय प्रतिक्रिया र कागजात उपलब्ध गराउन निर्देशन दिएको थियो ।
अन्य बैंक तथा वीत्त कम्पनीहरुले १० देखि १५ करोड लागतमा जडान गर्दै आएको कोर बैंकिङ सफ्टवयर नेपाल बैंकले झण्डै ७५ करोड रुपैयाँमा जडान गर्ने प्रक्रिया अघि बढाए पछि अध्यक्ष र सिइओ नै छानविनमा परेका हुन् ।
Advertisement 3
बैंकले गत पुसमा अन्तराष्ट्रिय टेण्डर आह्वान गरेको थियो । टेण्डर नोटिसमा नेपाली कम्पनीहरुलाई प्रतिस्पर्धा नै गर्न नदिएर विदेशी कम्पनीलाई मात्र प्रतिष्प्रर्धाका लागि आह्वान गरिएको थियो । बजार मूल्यभन्दा सातौं गुणा महंगो मूल्यमा कोर बैंकिङ प्रणाली सम्बन्धी सफ्टवेयर खरिद प्रक्रिया अघि बढाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टीकरण सोधी कागजात मगाएर अनुसन्धान अघि बढाएको छ ।
अन्तर्राष्ट्रिय अनुभव नै नभएको जनशक्ति प्रस्ताव गर्ने फ्लो कम्पनीलाई उच्च पदाधिकारीहरुको मिलेमतोमा छनौट गरिएको खुलेको छ । कागजात मिलाउने क्रममा पुरानो मिति राखेर सच्याइएको भेटिएको स्रोतले बतायो । बैंकका प्रमुख कार्यकारी अधिकृतले नै पुरानो मितिको कागजात स्वीकृत गरी खामबन्दी गरी राखेको भेटिएको हो ।
सफ्टवेयर खरिदमा नेपाल बैंक लिमिटेडको खरिद गुरुयोजना २०७९ विपरीत काम भएको भेटिएको अख्तियारका एक कर्मचारीले बताए ।