सुन तस्करीमा थुनामा परेका नासु खड्कालाई छुटाइदिने भन्दै एक करोड ठगी
गत जेठमा त्रिभुवन विमानस्थल भन्सारमा कार्यरत कलेज टपर सुब्बा सुन काण्डमा प्रहरी खोरमा पुगे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत सुब्बा रेवन्त खड्कालाई भन्सारले जफत गरेको सामान साटफेर गरी सुन निकालेको अभियोगमा अहिले प्रहरीको खोरमा जाकिएका छन् । भर्खर २७ वर्ष पुगेका सुर्खेतका खड्का पढाईमा अब्बल थिए । त्यस्तै अबब्लता देखाएर उनले सुन तस्करसंगको मिलेमतोमा भन्सारको गोदामबाट म्याजिकल शैलीमा सुन फुत्काए । बाक्सा साटेर त्यहाँभित्रको चुरोट (जसमा सुन लुकाइएको थियो) निकाली दलाल दिनेश बस्नेतसँग मिलेर न्यूरोडमा बेचेको तथ्य बैशाख २६ गते खुलासा भएसँगै उनी प्रहरीको खोरमा पुगेका हुन ।
सात वर्षअघि राजस्व समूहतर्फ नायव सुब्बामा नाम निकालेका उनै खड्का सुन काण्डमा प्रहरीले पक्राउ गर्यो । छिटो धनी हुने र काठमाडौंमा घर बनाउने चाहनाले उनलाई प्रहरीको खोरमा पुर्याएसँगै पीडामा छटपटीए उनका बुवा ।
Advertisement 1
गत पुसमा एक चिनियाँ नागरिकले दुई वटा सुटकेसमा ७३० वटाभन्दा बढी बिद्युतीय चुरोट (भेप) ल्याएका थिए । भान्सार कानुनले तोकेकोभन्दा बढी विद्युतीय चुरोट ल्याएपछि त्रिवि भन्सार कार्यालयले नियन्त्रणमा लिई अनुसन्धान अघि बढायो ।अध्ययनबाट नासु रेवन्त खड्काले नै विद्युतीय चुरोट साटफेर गरेको खुल्न आयो । यो बिषय थाहा पाउने बित्तिकै त्रिवि भन्सार कार्यालयले सीआईबीलाई खड्काको नाममा किटानी जाहेरीसहित पत्राचार गर्यो ।भन्सारमै कार्यरत ‘बस्नेत’ थरका एक भन्सार एजेन्टको सहयोग लिई बिद्युतीय चुरोट साटफेर गरेको अनुसन्धानमा खुल्यो । सिआइबीका अनुसार सो विद्युतीय चुरोट सामान्य चुरोट नभई चुरोटभित्र सुन राखेर ल्याइएको थियो।
यसरी प्रहरीको खोरमा पुगेका नासु रेबन्त खड्कालाइृ छ्टाइदिन्छौं भन्दै उनका बुवा अमरबहादुरसँग झण्डै एक करोड ठग्ने दुई व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरकी रितु राई र बर्दियाका निरेश चौधरी रहेका छन् । केन्द्रीय अनुसन्धान व्युरोका अनुसार उनीहरुले नासु रेवन्तका बुवा अमरबहादुरसँग ९९ लाख ७५ हजार रुपैयाँ लिएका थिए ।
Advertisement 2
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले दुवैलाई पक्राउ गरेको छ ।