नेपाली युवाहरूको विदेशमोह

नेपालमा अवसरहरूको अभावका कारण नेपाली युवाहरू विदेश पलायन हुने समाचारहरू नौला भएनन्। विदेश गएर आफ्नो सीप, ज्ञान अनुसारको रोजगारी गर्नु समय समय मा पैसा पठाएर परिवार र देशको आर्थिक खाचो टार्नु त सामान्य नै भै सक्यो। तर हालै नेपाली यूवाहरू विश्वमा चलिरहेको युद्ध र द्वन्दमा समेत सहभागी हुन विदेशिएका विषयमा सन्चार माध्यमले स्थान दिएर समाचार प्रकाशन गरे पछि भने यूवा पलायन यस्तो अवस्था सम्म पुगेछ भनेर अचम्म लाग्यो। नेपालको सुरक्षा निकायबाट सेवा निवृत्त भएका र कतिपय त सेवाबाट राजिनामा दिएर समेत द्वन्दरत मुलुकको सेनामा भर्ति हुन पुगेका रहेछन्।
Advertisement 1
नेपालमा रोजगारी नपाएकाहरू विदेशिनु त ठीकै होला तर नेपाल सरकारको जागीर खाएका र निवृत्तिभरण लिदै गरेकाहरु पनि किन खतरा मोलेर विदेश तर्फको रोजगारीमा आकर्षित भएका छन्रु तर यस्तो आकर्षण खुसी र रोजाइको विषय नबनेर वाध्यताको कारण मात्र हो भन्न संकोच मान्नु पर्दैन।
केही दशक यताको अध्यागमनको अभिलेख हेर्ने हो भने रोजगारीका लागि नेपालबाट बाहिरिनेको संख्या अत्यधिक रूपमा बढेको पाईन्छ। देशबाट जुनसुकै भीसा लिएर बाहिरिए पनि अधिकांश नेपाली रोजगारी कै लागि बाहिरिएका हुन्छन्। अध्ययन भिसामा बाहिरिएकाहरू पनि कमैले मात्र अध्ययन पूरा गर्छन् र अध्ययन छाडेर रोजगारी तिरै लाग्छन्। अध्ययनै पूरा गर्नेहरू पनि नेपाल फर्किदैनन् र उतै कमाउन पट्टि लाग्छन्। यसरी जुनसुकै तवरबाट विदेशिए पनि उनीहरू नेपाल फर्कन नचाहनुको कारण नेपालमा रोजगारी नहुनु नै प्रमुख हो। विदेशमा प्राप्त गरेको ज्ञान र सीप नेपालमा उपयोग गर्न नसक्नाले नेपालबाट बौद्धिक पलायन हुने गरेको छ।
Advertisement 2
अव त हुदा हुदा ज्यानको बाजी राखेर समेत नेपाली बाहिरिने प्रवृत्ति बढ्दै गएको छ। दलाललाई लाखौ बुझाएर नेपालीहरू विदेशिएका समाचार पढेर नसकिदै द्वन्दरत मुलुकको सैनिक सेवामा भर्ति भएर काम गर्न थालेको समाचार समेत हेर्न सुन्न परेको छ। त्यति मात्र कहा हो र नेपाललाई उन्नत बनाउछु भनेर थालिएको सशस्त्र आन्दोलनमा होमिएका यूवाहरूलाई आफ्नै सरकार र द्वन्दका नायिके सरकार प्रमुख हुदा पनि सम्बोधन गर्न नसकेका कारण यी युवाहरू खाडी राष्ट्रको तातो घाम खान बाध्य छन्। नेपाल संग दौत्य सम्बन्ध कायम नभएका देशहरू मात्र हैन रोजगारीका लागि ईजाजत नभएका मुलुकमा समेत नेपालीहरू काम गर्न गएका छन्। काम र रोजगारीका लागि जस्तो सुकै खतरा मोल्न सक्ने नेपालीको ब्यबहार र बानीले नेपालीको महत्व बढाएको छैन बरू घटाएको छ। बीर र ईमान्दार नेपालीको पहिचानमा बिस्तारै क्षयीकरण हुदै छ। आज नेपालीले बोक्ने राहदानीको स्तर नेपालको समस्तता संग मिलेको छ। नेपालको राजनीतिक क्षेत्रले विश्वमा आफ्नो विश्वास गुमाएको हुदा त्यसको अशर देशको समस्त पर्यावरणमा पर्ने रहेछ। आज हाम्रो वीरता र ईमान्दारिता ईतिहांसको पानामा सीमित भएर रहेको छ।
हरेक दिन युवाको कोटीमा जनिने नेपालीलाई नेपालमा अड्याउन सकिएको छैन। यी यूवाहरू कुनै न कुनै वहानामा विदेशिन बाध्य भएका छन्। सरकारले रोजगारी दिएका यूवाहरू समेत प्राप्त रोजगारीबाट सन्तुष्ट नभएर जागिर छोडेर विदेशिएका छन्। यसरी देश निर्माणमा चाहिने युवाहरू विदेशिदा देश कसले बनाउने भन्ने चिन्ता हुनु पर्ने नीति निर्माताहरू चीर निन्द्रामा पर्नु अर्को बिडम्बना हो।
विश्वको कुनै देश छैन होला जहां नेपाली नपुगेका हुन्। सरकारले विदेशमा पुगेका नेपालीहरूको अभिलेख सम्म राख्न सकेको पाईदैन।दलालहरूले नेपालीहरूको अवैध ओसारपसार गरीरहदा त्यसलाई नियन्त्रण गर्नुको सट्टा सरकार आफै नेपालीलाई शरणार्थी बनाउने काम तिर लागेको देखिन्छ।
Advertisement 3
यस प्रकार नेपालीहरू विदेशिएका कारण नेपालको राजनीतिक क्षेत्रमा गतिलो जनशक्ति छैन। यही कमजोर जनशक्ति भएको क्षेत्र राजनीति नेपालको मूल नीति भएको छ जसले राज्यको अन्य नीतिलाई अगुवाई गर्न सकेको छैन। यस्तो देशमा जस्तो सुकै सुन्दर र कामयाव राजनीतिक ब्यबस्था ल्याए पनि त्यो ब्यबस्था देश विकासको माध्यम बन्न सक्दैन। किनभने देश चलाउन सक्ने नेता नभएको मुलुकमा जुनसुकै राजनीतिक ब्यबस्था भए पनि सफल हुन नसक्ने रहेछ। खासगरी भन्ने हो सेवाको पर्यायको रूपमा हुनु पर्ने राजनीतिलाई यहांका नेता भनाउदाले पेशा बनाए। यी नेताका बानी बेहोराले त राजनीति प्रति घृणा उब्जाउने काम गर्यो। राजनीतिलाई फोहोरको पोखरी बनाएर युवाहरूलाई राजनीति तर्फ वितृष्णा गराउने काम गरे यी कू- नेताले। यिनीहरू आफू त सडे सडे, देशलाई पनि सडाएर छोड्ने भए।
यस्तो अवस्थाबाट राजनीतिक क्षेत्रमा रहेका यूवाहरू अनविज्ञ नहुनु पर्ने हो तर जानकार भएको छनक दिन सकेका छैनन् यी युवाहरूले। अव यी आफू पनि अगाडि नबढ्ने र अरूलाई पनि अगाडि बढ्न नदिने यी हठीहरूलाई ती दल भित्रैका युवाहरूले पन्छाएर मात्र देशलाई निकास दिन सकिन्छ। त्यसै देश र जनताको हितको लागि हरेक पार्टीका युवाहरू मिलेर अगाडि बढ्नुको विकल्प छैन।